पत्रपत्रिका

    Showing 181-190 of 1,253 items.
  • सहकारी संस्थाले अब उद्योग खोल्न पाउने

    काठमाडौं / नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन।सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी चार प्रकारका सहकारी संस्थाले मात्र उद्योग खोल्न पाउने बताउँछन् ।उनका अनुसार उत्पादक सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 105 पटक पढिएको
  • नेताजीको नमस्कार !

    काठमाडौं / जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्यो। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात जोडरे नमस्कार गर्दै मन्द मुस्कानसमेत दिए। मेयर साहबाट बिहान–बिहानै नमस्कार पाउँदा ती स्थानीय पनि चकित भए र उनलाई नमस्कार फर्काए। त्यसपछि साहको गाडी तीव्र गतिमा अगाडि बढ्यो।मेयर साह नमस्कार गरेर फर्किसकेपछि स्थानीयमा चियोचर्चो हुन थाल्यो। सबैले एकै स्वरमा भने, ‘नेताजीले नमस्कार गर्न थाल्नुभो। अब नेताहरूलाई चुनाव लागे जस्तो छ।’ साहको पछिल्लो साढे ४ वर्षको कार्यकाल उपलब्धीभन्दा विवादमै बढी बित

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 100 पटक पढिएको
  • सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

    काठमाडौं / ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् ।पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ।एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतिअनुसार राप्रपाका उम्मेदवार आउँ

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 100 पटक पढिएको
  • कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ

    काठमाडौं / नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ ।कांग्रेसले देशभरबाट घोषणापत्रका लागि नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, स्थानीय तहमा जितेका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, मतदाता तथा विज्ञबाट गरी १ लाख बढी व्यक्तिमार्फत प्राप्त सुझावलाई आधार मानेर घोषणा पत्र बनाउँदै छ । घोषणापत्र सार्वजनिक गर्ने मिति भने लोकतन्त्र दिवसका दिन अर्थात् ११ वैशाखलाई तोकिएको छ ।महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको केन्द्रीय घोषणापत्र निर्माण समितिमार्फत स्थानीय तह निर्वाचनका लागि कांग्र

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 103 पटक पढिएको
  • टुंगिएन उम्मेदवारको राजीनामाको विषय

    काठमाडौं / सर्वोच्च अदालतले स्थानीय तहको चुनावमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने बुधबार आदेश जारी गरेको हो । निर्वाचन आयोगले सर्वोच्च अदालतले चैत ८ मा दिएको अल्पकालीन अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेको थियो । यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगले तयार गरेको आचार संहितामा राज

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 99 पटक पढिएको
  • विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष

    काठमाडौं  / रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गरिने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले भने, “हामी सञ्चित लगानी कोष स्थापना गर्दै छौँ । विदेशमा रहेका नेपालीले मासिक दुईरचार हजार डलरसम्म जम्मा गर्न सक्छन् । त्यो कोषलाई उच्च प्रतिफल दिने आयोजनामा खर्च गर्नेछौँ ।”उनले सरकारका तर्फबाट रकम थप गरिदिने पनि जानकारी दिए । उनले मुलुकको विकास र समृद्धिमा गैरआवासीय नेपालीलाई सहभागी गराउन प्

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 126 पटक पढिएको
  • पुँजीगत खर्च २७ प्रतिशत मात्र

    काठमाडौं / चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा २०/२० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो। यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा सरकारले गरेको खर्चभन्दा न्यून हो । गत वर्षको चैत मसान्तसम्ममा सरकारले ३० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको खर्च गरेको थियो।चालू आवमा अर्धवार्षिक समीक्षामार्फत सरकारले पुँजीगत खर्चको लक्ष्य घटाएको छ । ख

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 107 पटक पढिएको
  • जग्गा दर्ताको सय वर्ष : प्रविधिमा फड्को, काममा अड्को

    काठमाडौं / मुलुकभित्र जग्गा दर्ताको सुरुवात भएको बिहीबार ९वैशाख १ गते० एक सय वर्ष पूरा हुँदै छ । यसबीचमा जग्गाको नापजाँच, पास गर्न र कर असुलीका लागि प्रशस्तै प्रविधिको विकास भए पनि जनशक्ति अभावमा प्रभावकारी काम हुन सकेको छैन । अझै पनि मालपोत तथा नापी कार्यालयबाट सम्पादन हुने काम झन्झटबेगर सम्पन्न गर्न मुस्किल पर्छ । धेरैजसो मालपोत तथा नापी कार्यालयले कम्प्युटर प्रणाली अवलम्बन गरे पनि सेवाग्राही लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता छ । एकद्वार प्रणाली लागू गरेका मालपोत कार्यालयले पनि प्रभावकारी सेवा दिन सकेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 118 पटक पढिएको
  • कानुन भन्दा माथि ओली : २८ कारोड खर्चेर फोन ट्यापिङ गर्ने मेसिन खरिद

    झापा / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन विपरीत फोन ट्यापिङ गर्ने मेसिन खरिद गरेको पाइएको छ । नेपालमा व्यक्तिको फोन ट्यापिङ गर्नु गैरकानुनी मानिए पनि प्रधानमन्त्री ओलीले इजरायलबाट गृहमन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागका लागि २८ करोड रुपैयाँ खर्च गरेर उक्त मेसिन खरिद गरेको पाइएको हो । ओलीले विभागबाट २०७६ साल मङ्सिरमा गभर्मेन्ट टु गभर्मेन्ट (जी टु जी) प्रकिया मार्फत इजरायली कम्पनीबाट इन्टेलिजेन्स मोनिटरिङ सिस्टमका नाममा मेसिन खरिद गरेको अनुसन्धान विभागको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्ले फोन ट्यापिङ सम्बन्धी प्रविधि खरिद गर्न २०७६ साल जेठ २३ मात्र अनुम

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 144 पटक पढिएको
  • माओवादी सेनाको तलब भत्ता कटाएर बनाएको अस्पताल शर्माद्धारा सवा अर्वमा बिक्री !

    बिर्तामोड / पूर्वजनमुक्ति सेनाहरूको लगानीमा बालाजुमा खुलेको जनमैत्री अस्पताललाई अर्थमन्त्री जनार्दन शर्माले सुटुक्क बेचिदिएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सहभागी भएका जनमुक्ति सेनाले माओवादी शान्ति प्रक्रियामा आएपछि रकम जम्मा गरेर उक्त अस्पतालको स्थापना गरेका थिए ।जनमैत्री फाउन्डेसनको नामबाट सञ्चालित उक्त अस्पताललाई जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमान्डर समेत रहेका अर्थमन्त्री शर्माले केही माओवादी नेताहरुकै मिलेमतोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उद्योगी एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई एक अर्ब २५ करोड रुपैय

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 296 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा