कृषि

    Showing १९१-२०० of ६०६ items.
  • मुस्ताङमा सुरु भयो याकको सुकुटी बनाउने कार्य

    मुस्ताङ— हिउँदको सुरुवातसँगै मुस्ताङमा याकको सुकुटी बनाउने काम सुरु भएको छ । याकको सुकुटी बनाउने संस्कृती मुस्ताङवासीहरुको पहिचानसँग जोडिएको छ ।मुस्ताङमा तरकारीको ठूलो अभाव हुने भएकाले वर्षभरिका लागि सुकुटी तयार गर्ने प्रचलन छ । मुस्ताङवासीले यही परम्परालाई लामो समयदेखि निरन्तरता दिंदै आएकोे ८५ वर्षीय कालबहादुर थकालीले जानकारी दिए ।स्थानियहरुले सुकुटीलाई स्वादिलो र पोषिलो परिकारको रूपमा विशेष महत्व दिने गरेका छन् । यस वर्ष सुकुटीको माग बढेसँगै यसको मूल्य पनि चुलिएको छ । जोमसोमका याक व्यापारी पेम्बा रोकायका अनुसार प्रति गोटा याकको मूल्य १ लाख ५० हजार देखि १ लाख ७० हजार रुपैयाँ सम्म पुगेको छ ।सा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ५२३ पटक पढिएको
  • म्याग्दीमा धान उत्पादन बढ्यो

    म्याग्दी। जिल्लामा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ । अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले कम असर गर्नुलगायत कारणले यस वर्ष तीन दशमलव उक प्रतिशतले धान उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो । “धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षात हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दियो”, उहाँले भन्नुभयो “रोगकिराको समस्या नदेखिएको र असिना नपरेकाले धान उत्पादन बढेको हो ।”गत कात्तिकको दोस

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ३८६ पटक पढिएको
  • बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

    रौतहट— बारामा धान झार्ने मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति कम्बाइन मेसिनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटरसाईकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको हो ।प्रहरीका अनुसार ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनीसंगै मोटरसाईकलमा पछाडी सवार  बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ४१६ पटक पढिएको
  • घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिममा घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका उनको लडेर मृत्यु भएको प्रहरी जनाएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ५७९ पटक पढिएको
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    काठमाडौं— कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा  जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५ वर्षीया धाना विष्टको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गरेको अवस्थामा उनलाई हात्तीले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछ

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ५४२ पटक पढिएको
  • गाउँमै उद्यम गर्ने एक दम्पतीको उदाहरणीय प्रयास

    रामेछाप— रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिका एक दम्पती आफ्नो सीप र श्रमबाट गाउँमा नै उद्यम सिर्जना गर्न निरन्तर लागेका छन् । प्रीतिका गुञ्जनबहादुर सार्की र उनकी पत्नी मिना सार्कीले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत जुत्ता बनाउने पेसालाई आधुनिकीकरण गर्दै गाउँमा जुत्ता–चप्पल र ब्याग उद्योग सञ्चालन गर्दै आएका छन् । गाउँमा नै बसेर केही गरौँला भनेर लागेको यो जोडीले काठमाडौंका उद्योगबाट आउने भन्दा पनि गुणस्तरीय र राम्रो फिनिसिङ सहितको सामान उत्पादन गरिरहेको छ । उद्योग पनि विस्तार भएको छ ।अहिले १० वटा मेसिन छन् । उत्पादित सामानको बजार भने समस्या छ । सामान बजारमा जाने हो भने ठुलै परिम

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ५६६ पटक पढिएको
  • काठमाडौं महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण

    काठमाडौं— गत कार्तिक १४ गतेदेखि अहिलेसम्म काठमाडौं महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।पशु कल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम चलिरहेको महानगरले जनाएको छ । महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत् स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौं’, न्यौपानेले भने, ‘प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकु

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ५६० पटक पढिएको
  • हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

    हुम्ला— जिल्लाको सिमकोट गाउँपालिका–५ को सिममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत रहेका छन् ।आइतबार बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकोमा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ५३६ पटक पढिएको
  • अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

    काठमाडौं— नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्य मा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ।अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ  र मिडिएम  चार सय ९० रुपैयाँ कायम गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ५५६ पटक पढिएको
  • अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

    भोजपुर। उत्पादित अलैँचीले  मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो ।केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उहाँको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उहाँले बताउनुभयो । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् । “गाउँघरमै अहिले अलैँची रु ९८ हजारसम्ममा कारोबार भइरहेको छ”, किसान विष्टले भन्नुभयो, “कतिपय किसानले बिक्र

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३०० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.