कृषि

    Showing 171-180 of 472 items.
  • कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा

    काठमाडौं – पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कृषिको प्रकृति अन्य व्यवसायभन्दा फरक भएकाले त्यसअनुसारको संस्थागत संरचना हुनुपर्नेमा जोड दिएका हुन् ।‘यदि कृषिमा लगानी गर्ने हो भने विशिष्टकृत संस्था चाहिन्छ,’उनले भने, ‘यसको उत्पादन चक्र अलग छ, जोखिम व्यवस्थापन फरक छ, प्राविधिक पक्ष पनि अन्य क्षेत्रभन्दा भिन्न हुन्छ ।’खतिवडाले हालको लघुवित्त प्रणालीले कृषि क्षेत्रमा सन्तोषजनक ढंगले सेवा दिन नसकेको उल्ले

    • प्रकाशित मितिः असार २२, २०८२
    • 258 पटक पढिएको
  • नेपाली पौरखी हातले तयार ‘जुजु धौै’ : विदेशी समेत झुम्मिन्छन्

    काठमाडौं -  आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।तर आज मनाइने धान दिवस र

    • प्रकाशित मितिः असार १५, २०८२
    • 314 पटक पढिएको
  • शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

    काठमाडौं -  असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए  ।कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा

    • प्रकाशित मितिः असार १५, २०८२
    • 154 पटक पढिएको
  • आज असार १५ः दही चिउरा खाई धान दिवस मनाइँदै

    काठमाडौं— आज असार १५, देशभर दही चिउरा खाई खेतमा रमाउँदै धान दिवस मनाइँदै छ। किसानहरू खेतमा धान रोप्दै, लोकगीत गाएर रमाइलो गरिरहेका छन्।शारीरिक थकान हटाउन र ऊर्जा सञ्चय गर्न दही चिउरा खाने परम्परा छ। खेतीपातीमा नभएका नागरिकले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्छन्।नेपाली संस्कृतिमा दही शुभताको प्रतीक हो । घरबाट निस्किँदा, विदेश जाँदा दहीसँग टीका लगाउने चलन छ। आयुर्वेदमा पनि दही र मोहीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ।२०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। खेतमा रोपाइँ गर्दै लोकदोहोरी गाउने, हिलो छ्यापाछ्याप गर्ने चलनले यो दिन अझै रङ्गीन बनाउँछ।तर, यस वर्ष अस

    • प्रकाशित मितिः असार १५, २०८२
    • 483 पटक पढिएको
  • जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

    काठमाडौं -  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् । विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।रोपाइँको सिजनमा भइरहेको मल अभावको विषयलाई उठाउँदै उनले भने,‘मलको हाहाकार छ, हुन्छ । जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन बजारमा मलको माग ११ लाख देखि १३ लाख टनको छ । एक चौथाइ मलले कसरी किसानलाई पुर्ति गर्न सकिन्छ । राज्यप्रति दायित्व भइसकेपछि&nb

    • प्रकाशित मितिः असार १२, २०८२
    • 359 पटक पढिएको
  • जलजला गाउँपालिकाबाट गाई–गोरू पाल्ने कृषकलाई नगद अनुदान

     पर्वत— जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई र गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरु गरेका छन्।चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको

    • प्रकाशित मितिः असार १२, २०८२
    • 363 पटक पढिएको
  • किसानलाई मलखाद र बिउँबिजन उपलब्ध गराउन आजपाको माग

    सर्लाही, ३ असार । आम जनता पार्टी (आजपा) ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसँग गरेको छ।जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग गरेको हो । आफूहरुको माग समयमै सम्बोधन गर्दै किसानलाई बिउँबिजन, मलखाद्य, सिचाई सहितका सेवा सुविधा उपलब्ध नगराए कडा आन्दोलनको चेतावनी समेत आजपाले दिएको छ । आजपा प्रवक्ता चन्द्रभुषण साहले सरकारले किसानसँग विभेद गर्दै आएको बताउदै आफूहरुको माग पुरा नभए सडकमा उत्रिने चेतावनी दिएका छन् । समयमै युरिया मलखादको पर्याप्त उपलब्धता गरा

    • प्रकाशित मितिः असार ३, २०८२
    • 157 पटक पढिएको
  • किसान महासंघको चेतावनी : चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ

    काठमाडौं  -  मुलुकको कृषि प्रणालीमा देखिएको लापरवाही, किसानका समस्याप्रति राज्यको उदासीनता र समर्थन मूल्यको अवमूल्यनविरुद्ध नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई तत्काल समाधानको माग गरेका छन् ।पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले चैते धान, उखु, दूध, सुपारी र रासायनिक मलसम्बन्धी समस्याहरू उठाउँदै सरकारको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाए ।चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकिए पनि किसानले बजारमा सरदर प्रतिक्विन्टल १६२५ रुपैयाँमै धा

    • प्रकाशित मितिः असार १, २०८२
    • 296 पटक पढिएको
  • प्रचण्डले दिए एक लाख विरुवा रोप्ने अभियानमा साथ

    दमक - नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण

    • प्रकाशित मितिः असार १, २०८२
    • 215 पटक पढिएको
  • डीडीसीले उत्पादन गरेको दूधमा कम तौल भएको सीसीटीभी बाहिरिएपछि भयो हलचल, पूर्वआयोजना प्रमुख आशंकाको घेरामा

    काठमाडौं—  दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ ।बालाजु प्लान्टबाट आधा लिटरको प्याकेट भनी बजारमा पठाइएको तर तौल जाँच गर्दा चारसय एमएल मात्र पाइएपछि उक्त घट्ना अनुसन्धानको दायरमा ल्याइएको छ । सोही घट्नामा दुग्ध विकास संस्थान बालाजुका पूर्वआयोजना प्रमुख गणेश कुमार यादव संलग्न भएको भनि कर्मचारीले विज्ञप्ति नै जारी गरी आपत्ति जनाएपछि घट्नाले फरक मोड लिंदै गएको छ । यादवकै अगुवाइमा जानाजान चारसय एमएलको दूध प्याकेट उत्पादन गराई बजारमा पठाउने, निजी डेरीहरूसँग मिलेमतो गरी तौलमा हेरफेर गर्ने र संस

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 298 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा