कृषि

    Showing १७१-१८० of ६०६ items.
  • सर्लाहीको उखु खेतीमा भीषण आगलागी

    सर्लाही— सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका – ४, रोहुवा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो।आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागी विद्युतको तार सर्ट भएर भएको थियो। स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको हो।आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। नगर प्रमु

    • प्रकाशित मितिः पुस १, २०८२
    • ५१६ पटक पढिएको
  • ३१ औँ महानगर दिवसः रैथाने खाना र खाद्य सेवाको प्रवर्धनमा काठमाडौं महानगरपालिका

    काठमाडौं— नारायण चौरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरबासीको रुचि देखियो ।३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो अवस्था देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए ।मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्यु

    • प्रकाशित मितिः पुस १, २०८२
    • ५३१ पटक पढिएको
  • हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

    खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो ।न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “हाम्रो नगरपालिकामा यो वर्ष तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ । बदामखेतीलाई प्रवर्द्धन गर्न किसानलाई प्रोत्सा

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३७६ पटक पढिएको
  • महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल

    भजनी (कैलाली)। परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभए

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ४३९ पटक पढिएको
  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    भोजपुर। यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका रा

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३६४ पटक पढिएको
  • भेडाच्यांग्रा खोरमा हिउँ चितुवाको आक्रमणः १९ भेडा मरे

    मुस्ताङ— मुस्ताङको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै  गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।किसान परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा  खोरमा ४५ भेडाच्यांग्रा रहेका थिए । ती मध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिव ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।उनले अन्नपूर्ण संरक्षण क्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ५६५ पटक पढिएको
  • सिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य

    सिन्धुली— सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो ।मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो ।पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीक

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ६२२ पटक पढिएको
  • किसानलाई दूधमा दश रुपैयाँ अनुदान

    दमौली। भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।  नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ । नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य प्रतिलिटर रु १२०

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३७२ पटक पढिएको
  • याकका डमि बनाउँदै शोलुखुम्बुका कालीगढ

    काठमाडौं— शोलुखुम्बुका कुशल कालीगढ मिङ्मा शेर्पाले हिमाली जिल्ला मुस्ताङको जोमसोममा घर सजावट तथा चढ्नका लागि प्रयोग हुने याकको डमि तयार गरेका छन् ।लदाकमा विशेष सिप सिकेपछि उनले मुस्ताङ आएर आफ्नै कला र सीपलाई प्रयोग गर्दै याकका यथार्थजस्ता डमिहरू बनाइरहेका हुन् ।उनका अनुसार, हालसम्म उनले मुस्ताङमै १० वटा याकको डमि निर्माण गरिसकेका छन् ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ५९० पटक पढिएको
  • बर्दियामा साढे ४ क्विन्टल अवैध टिमुरसहित ट्रक चालक पक्राउ

    बर्दिया— बर्दियाको बाँसगढीबाट प्रहरीले ठूलो परिमाणको अवैध टिमुर बरामद गरेको छ। प्रहरीले ४ क्विन्टल ६२ किलो अवैध टिमुरसहित ट्रक चालक तेजबहादुर जाग्रीलाई पक्राउ गरेको हो।उक्त टिमुर बाजुराबाट नेपालगञ्जतर्फ बिना अनुमति ल्याइँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद गरिएको टिमुरलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ५७४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.