चितवन— चितवनमा लम्पी स्किन रोगको प्रकोप तीव्र बनेको छ। असार महिनाको अन्तिम सातादेखि देखा परेको उक्त रोगका कारण हालसम्म ३० वटा गाईगोरुको मृत्यु भएको छ।हालसम्म जिल्लाभर ७९७ वटा गाईगोरु र भैँसीमा संक्रमण देखिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ। तीमध्ये ७९३ गाईगोरु र ४ भैँसी–राँगा रहेका छन्।कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार खैरहनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको हो। सो पालिकामा ४२५ पशुमा संक्रमण देखिएको छ भने २२ वटा गाईगोरु मरेका छन्।त्यस्तै, रत्ननगर नगरपालिकामा १९१ पशुमा संक्रमण देखिएकोमा ४ वटा गाईगोरु मरेका छन्। राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालि
बैतडी— उचित मूल्य नपाएपछि बैतडीको पाटन नगरपालिका–७ का किसान हर्क बहादुर चन्दले डडेल्धुरा बसपार्कमा करिब दुई कट्टा खुर्सानी सडकमा फालेका छन्। बिहीबार बिहान चन्दले स्थानीय बजारमा आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै आक्रोशमा आएर खुर्सानी सडकमा फालेका हुन्। उनका अनुसार महिनौं लगाएर उत्पादन गरेको खुर्सानी व्यापारीहरूले न्यून मूल्यमा लिन खोजेपछि उनले यस्तो कदम चाल्न बाध्य भएका हुन्।'हामी किसानहरूले दुःख गरेर उत्पादन गर्दा पनि बजारमा मूल्य नपाउँदा मन कुँडिन्छ,'चन्दले भने, 'हामीले लागत पनि उठाउन सक्दैनौं भने किन खेती गर्ने?'स्थानीय किसानहरू भन्छन्, सरकारले किसानको उत्पादनको न्यूनतम समर्थन मूल
महोत्तरी— सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु अनुदान समावेश नगरेपछि महोत्तरीका किसान आन्दोलित भएका छन्। चिनी उद्योगलाई बिक्री गरिएको उखुमा प्रतिक्विन्टल रु ७० अनुदान दिने व्यवस्था यस वर्ष हटाइएपछि किसानले विरोध प्रदर्शन थालेका हुन्।महोत्तरीमा करिब १५ हजार किसान उखुखेतीमा संलग्न छन्। उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् भने मंगलबार गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शनसमेत गरेका छन्।उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले बजेटमा अनुदानको विषय नसमेटेपछि निरन्तर ध्यानाकर्षण गराइरहेको बताए। “ह
धादिङ— धादिङको गल्छी गाउँपालिकाले मकैको खोया खरिद गर्ने निर्णय गरेपछि त्यसको मूल्यलाई लिएर स्थानीयबासीबीच असन्तुष्टि उत्पन्न भएको छ । पालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मकैको खोया प्रतिकेजी ५ रुपैयाँमा बिक्री गर्न कृषक तथा सर्वसाधारणलाई आह्वान गरेको हो।सूचना अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा रहेको ‘बिनिसा एन्ड भावेश मसरुम उद्योग’ ले खोया खरिद गर्न लागेको हो। गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले साउन १५ गते जारी गरेको सूचनामा खोया राम्रोसँग सुकाइएको हुनुपर्ने, पानीमा भिजेको नहुनुपर्ने र प्रतिकिलो ५ रुपैयाँमा खरिद गरिने उल्लेख गरिएको छ। संकलन तथा भण्डार
राजविराज— झण्डै ६५ वर्षदेखि ब्लक र बिटौरी क्षेत्रमा बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी पीडित परिवारले लालपूर्जा माग गर्दै आन्दोलन चर्काउने भएका छन्।राजविराज नगरवासी पीडित संघर्ष समितिले बिहीबार बृहत् बैठक गरी नगरपालिका र प्रशासनले सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनको घोषणा गरेको हो। बैठकमा संयोजक इरसाद अन्सारी, वार्ता टोली सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, उद्योग वाणिज्य संघ अध्यक्ष लालुप्रसाद अग्रवाललगायतको सहभागिता थियो।यसअघि भएको सहमतिअनुसार १५ दिनभित्र समस्या समाधान गर्ने भनिए पनि कार्यान्वयन हुन नसकेपछि बाध्य भएर आन्दोलनमा जान लागेको संघर्ष
काठमाडौं— जलवायु परिवर्तन न्यूनीकरण तथा विस्थापित समुदायको जीवनस्तर सुधारका लागि बहुउपयोगी बाँसको उत्पादन, प्रयोग र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन निर्माणको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका मेयर तिर्थराज भट्टराई विगत चार दिनदेखि आमरण अनशनमा छन्।लगातारको अनशनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज उनलाई काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज अस्पताल पुगेर मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरूले समेत अस्पतालमा पुगेर उनको अवस्थाबारे बुझ्दै सरक
जुम्ला — जुम्लाका किसानलाई अब काँचो स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ १५ गतेपछि मात्र स्याउ टिप्न अनुरोध गरेको छ।कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यदि कसैले तोकिएको मितिभन्दा अगाडि काँचो स्याउ टिपेमा, वा व्यापारीहरूले त्यस्तो स्याउ खरिद गरेमा दुवैलाई कानुनी कारबाही गरिने छ।"काँचो स्याउ टिप्दा त्यसको स्वाद, गुणस्तर र पौष्टिकता कमजोर हुन्छ," प्रमुख अधिकारीले भने, "यसले दीर्घकालीन रूपमा स्याउको ब्रान्ड र बजार मूल्यमा नकारात्मक असर पुर्याउँछ।" त्यसैले जिल्लाका सबै आठवटा स्थानीय तह र त्यहाँका कृषकलाई सार्वजनिक सूचनामार्फत सचेत गरि
मुगु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१÷८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।गत वर्ष भन्दा पछिल्ला वर्
रौतहट – रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन ।केहिले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फट्न थालेको छ । रौतहट सहित मधेश प्रदेशका जिल्लामा सिचाई र पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ ।चन्द्रपुर नगरपालिका किसान बलराम तिमल्सिनाका अनुसार आकाशे वर्षा नहँुदा धानबाली सहित जीव–जनावर र मानवलाई समेत समस्या परेको छ ।आफूले मंहगो रकम खर्च गरेर मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फुट्न थालेको गुनासो गरेका छन । अहिले खडेरीका कारण स्यालो ट्युबवेल र मोटरमा पानी प
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.