चितवन— चितवन जिल्लाका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । सो ठाउँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताए। यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जन
काठमाडौं— राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा जारी उखु किसान आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने धारणा राखेका छन्।आज जारी प्रेस विज्ञप्तिमा महतोले कृषक समुदायलाई राज्यले निरन्तर उपेक्षित र पीडित बनाउँदै आएको आरोप लगाएका छन्। उनले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु किसानका लागि छुट्याइएको अनुदान विनियोजन नै नगरेको र अघिल्लो वर्षको अनुदान समेत आधा कटौती गरेकोमा घोर आपत्ति जनाएका छन्। यस कदमलाई उनले किसानविरोधी राष्ट्रघातक निर्णयको संज्ञा दिएका छन्।महतोका अनुसार, उखु किसानलाई दिइने अनुदान रोक्नु वा कटौती गर्नु लामो संघर्षको अपमान म
काठमाडौं— गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए
काठमाडौं— भूमि सम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको छ।सो विधेयकको छलफलबाट भने माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुबै दलले फरक मत लेख्ने भएका छन्।फरक मत शुक्रबार (भोलि) लेखेर दिन सकिने समितिका सचिव शिवदत्त बरालले जानकारी दिए । त्यसपछि समितिको निर्णयमा हस्ताक्षर गर्न सकिने पनि उनले जानकारी दिए।
रौतहट – रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो । मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए । उनका अनुसार बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय गरेको छ । रासायन
सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् । पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गरेका थिए । उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउछन् । उक्त अनुदान पाएसँगै हेलम्बु–५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायि
काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज (बुधबार) का लागि तय गरिएको भूमि सम्बन्धी ऐन संशोधन विधेयकको छलफल फेरि स्थगित भएको छ।बिहान १० बजेका लागि बोलाइएको बैठकमा विधेयकमाथि छलफल हुने भनिएको थियो। तर, समितिमा विधेयकको प्रतिवेदनमाथि अझै छलफल चलिरहेकाले बैठक स्थगित गरिएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए।यसअघि मंगलबार (२७ साउन) को बैठक पनि स्थगित गरिएको थियो।विधेयकको मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। समितिका सदस्यहरूलाई मस्यौदा प्रतिलि
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै हुनुहुन्छ ।प्रधानमन्त्रीले सो विषयमा आज अपराह्न छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्
विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जंगलबाट टिपेर ल्याइएको च्याउको तरकारी खाएको केही घण्टामै परिवारका सबै सदस्य बिरामी परेका हुन्।बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुर खड्का, उनकी ६८ वर्षीया पत्नी पवित्रा खड्का, ४२ वर्षीय छोरा शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का, र २४ वर्षीया बुहारी जानुका खड्का रहेका छन्।उनीहरूले आइतबार राति जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। च्याउ पकाएर खाएको केही समयपछि सबैमा उल्टी, टाउको दुख्ने र बेहोसजस्तो हुने लक्षण देखिएको प्रहरीले जनाएको छ।हाल बिरामी परेका सबैलाई झापाको दमकस्थित आम्दा अस्
काठमाडौं— यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो ।गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यसवर्ष मधेशमा हाल सम्म ७६.५४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशमा भने यसवर्षको धान रोपाइँ सकिएको छ । हाल सम्म सूदूरपश्चिममा शत प्रतिशत रोपाइँ सकिएको हो । यस प्रदेशमा १ लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । कर्णाली प्रदेशमा ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.