कृषि

    Showing १३१-१४० of ६०६ items.
  • गाउँगाउँमा आयुर्वेद स्वास्थ्य सेवा दिँदै आरोग्य केन्द्रहरू, सेवा थप विस्तार गर्नुपर्ने स्थानीयको माग

    रामेछाप— रामेछाप जिल्लामा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँबाट पनि स्वास्थ्य सेवा दिएका छन् । आयुर्वेद उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण बढेसँगै गाउँमा रहेको आरोग्य केन्द्रहरूले दिने सेवा बढ्दै गएको छ ।जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार रामेछापको मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ भने मन्थली नगरपालिकाको चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको छ ।त्यस्तै खाँडादेवी गाउँपालिकाको गागल, रामेछाप नगरपालिकाको सुकाजोर, गोकुलगंगा गाउँपालिकाको रस्नालु र सुनापति गाउँपालिकाको बेथान डहुमा आरोग्य केन्द्र सञ्चालनमा छन् । आजै दोरम्बा गाउँपालिकाको टोकरपुर

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५३६ पटक पढिएको
  • नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

    पनौती— नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औँ राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ ।रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप व्यवस्थित

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ४९३ पटक पढिएको
  • तीन दिने एग्रीटेक एक्स्पो सकियो, ३१ हजार बढीले गरे अवलोकन

    चितवन— चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ ।माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो ।मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीनदिनमा ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिएका छन् ।उनले भने, ‘एक्स्पो छोटो भएपनि अवलोकनकर्ताको रुचि धेरै पायौं । उहांँहरुले प्रविधि र प्रडक्टको बारे बुझ्ने, जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, सबै प्रर्दशकहरु पनि खुश

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ५०८ पटक पढिएको
  • रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    मुगु— मुगुको पूर्वी भेगमा पर्ने चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको स्थानीय रैथाने उत्पादन गरेका अन्नबाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता भएको छ ।यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका छन् ।गाउँपालिका र व्यापार कम्पनीबीच भएको सम्झौता अनुसार गाउँपालिका भित्रका बस्तीमा सहज, सुलभ र नियमित खाद्यान्न बिक्री केन्द्र स्थापन गरी खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी तथा बजारीकरण प्रभावकारी बनाउँ

    • प्रकाशित मितिः माघ १, २०८२
    • ५९३ पटक पढिएको
  • रौतहटमा धान उत्पादनमा २१ हजार मेट्रिक टनले गिरावट, किसान चिन्तित

    रौतहट— मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको हो।कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा १ लाख १६ हजार ७०८ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर ९५ हजार १३० मेट्रिक टनमा खुम्चिएको छ। उत्पादनसँगै धान खेती गरिएको क्षेत्रफल र उत्पादकत्व (प्रतिहेक्टर उत्पादन) दुवैमा उल्लेख्य गिरावट आएको तथ्याङ्कले देखाएको छ।मौसमको प्रतिकूलताधान उत्पादन घट्नुमा यस वर्ष मौसमको चरम प्रतिकूलतालाई मुख्य

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ५२८ पटक पढिएको
  • गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

    रौतहट— विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्।शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ।अहिले रौतहट तथा सर्लाहीका किसानले बोटबाटै गोलभेँडा प्रतिकेजी १०० रुपैयाँमा व्यापारीलाई बिक्री गरिरहेका छन्। किसानबाट १०० रुपैयाँमा खरिद गरिएको गोलभेँडा उपभोक्तासम्म पुग्दा खुद्रा बजारमा १२० रुपैयाँसम्म पर्ने गरेको छ।किन बढ्यो मूल्य ?गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको भारी गिरावट हो। रौतहट जयनगरका क

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ६५८ पटक पढिएको
  • चितवनमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने

    चितवन— कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको भरतपुरमा यही माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने भएको छ ।मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरु झैं यस वर्षपनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुन लागेको हो ।प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन ।यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई९भैंसी डेरी व्यवसाय, कृषि औजार तथा उ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ६६४ पटक पढिएको
  • थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ ।मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे ।त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गरे । उनले संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्ष

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ५९३ पटक पढिएको
  • तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै महानगर

    गण्डकी। पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी महानगर लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा रु दुुई करोडबराबरको कारोबार भएको उहाँले जानकारी दिनुुभयो । “महानगरपालिकाले तरबुजाखेतीलाई व्यावसायिक रूपमा नै अघि बढाउने गरी अनुदानका कार्यक्रम पनि अघि बढाएको छ”, उहाँले भन्नुुभयो, “यस

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ३१३ पटक पढिएको
  • विरुवा उत्पादन गर्दै महिला कामदार

    बाँके— डिभिजन वन कार्यालय बाँकेको नर्सरीमा यस वर्षको वृक्षारोपण कार्यक्रमका लागि विरुवा उत्पादनको काम तीव्र गतिमा अघि बढाइएको छ । सोही क्रममा नर्सरी परिसरमा महिला कामदारहरू पोलिब्यागमा माटो भर्ने, बेड तयार गर्ने तथा बिरुवा रोप्ने कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् ।कार्यालयका अनुसार यस वर्ष आठ वटा नर्सरीमार्फत विभिन्न जातका फलफूल, काठ तथा बहुउपयोगी प्रजातिका बिरुवाहरू उत्पादन गरी स्थानीय उपभोक्ता, सामुदायिक वन तथा विभिन्न सार्वजनिक संस्थालाई वितरण गर्ने तयारी गरिएको छ ।विरुवा उत्पादन अभियानमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले उनीहरूको जीविकोपार्जनमा समेत टेवा पु¥याउने विश्वास

    • प्रकाशित मितिः पुस १८, २०८२
    • ५१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.