कृषि

    Showing १२१-१३० of ६०६ items.
  • भन्सार छलेर ल्याएका अवैध केरा र विभिन्न सामान बरामद

    रुपन्देही— रुपन्देहीमा प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं मूल्यका सामान बरामद गरेको छ। विभिन्न स्थानमा गरिएको जाँचका क्रममा ६ लाख २९ हजार २०० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट करिब १ लाख २४ हजार रुपैयाँ बराबरको २० क्विन्टल काँचो केरा बरामद गरिएको छ। त्यसैगरी शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँ मूल्यका १८० जोर लेडिज चप्पल प्रहर

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • ५०३ पटक पढिएको
  • व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

    भोजपुर। केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत बढेको छ । जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाका खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रका किसानले कफी खेती विस्तार गर्दै आएका छन् । यी क्षेत्रको माटो, हावापानी र भौग

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • ३५२ पटक पढिएको
  • कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, किसानलाई उच्च सतर्कता अपनाउन आग्रह

    कञ्चनपुर— कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो तथा रातो धब्बा देखिने र अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट रोग पुष्टि भएको हो ।पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी ले द्रुत प्रतिक्रिया टोली परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको थियो । त्यहाँ पिस

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ५५६ पटक पढिएको
  • सुन्तला बेचेर रु २० लाख आम्दानी

    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गर्नुभएको हो ।श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु दुई सयका दरले काठमाडौँबाट आएका व्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुस महिनामा प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको थियो ।“माघ लागेदेखि बढ्न सुरु भएको सुन्तलाको मूल्य फागुन २ गतेस

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३२३ पटक पढिएको
  • भरतराज ढकाल भन्छन् कृषिमा देखिएका समस्याको समाधान नीतिगत सुधारमार्फत मात्रै सम्भव छ

    पोखरा— नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेद्वार भरतराज ढकालले कृषि क्षेत्रमै व्यापक रोजगारी सिर्जना सम्भव रहेको बताउँदै त्यसका लागि संसदमार्फत नीतिगत सुधार अनिवार्य रहेको बताएका छन् ।मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका ढकालले स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कुल जनसंख्याको झण्डै ७० प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि मूल्य श्रृङखला स्थापित हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा राखे ।‘कृषि नै रोजगारीको आधार हो । हामीले उत्पादनलाई बजारसँग, किसानलाई उद्योगसँग र वित्तीय संस्थालाई कृषि उद्यमसँग जोड्न सके लाखौंको संख्

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • ५४१ पटक पढिएको
  • अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

    मुगु— पशुपालनलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएका मुगुबासी यतिबेला चिन्तित बनेका छन्। जिल्लाको सोरु गाउँपालिका वडा नम्बर १० र ११ का कृषकहरूले पाल्दै आएका भेडा–बाख्रा अज्ञात रोगको चपेटामा परेपछि धमाधम मर्न थालेका हुन्।पुस र माघ महिनादेखि भेडा–बाख्रामा टाउको र घाँटी सुनिने, रौं खुइलिने, पखाला लाग्ने तथा हिँडडुल गर्न गाह्रो हुने जस्ता लक्षण देखिएको कृषकहरूले बताएका छन्। हालसम्म विभिन्न गोठबाट २० देखि ३० वटासम्म भेडा मरेका छन् भने समग्रमा १ सय ५० भन्दा बढी भेडा–बाख्रा मरिसकेको प्रारम्भिक अध्ययनले देखाएको छ।स्थानीय कृषक पूर्णबहादुर मल्लका अनुसार उनीहरू तीन पुस्तादेखि भेडापालन व्यवसायमा संलग्

    • प्रकाशित मितिः फागुन २, २०८२
    • ४३६ पटक पढिएको
  • पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

    ललितपुर— ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको भीडले भरिन्थ्यो । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरुको बाक्लो भिडले यहाँको व्यापार व्यवसायलाई सधैं चलायमान बनाइराख्थ्यो ।परम्परागत हस्कलाका सामाग्री, नेवारीकला कौशल, पूजा सामग्रीदेखि विभिन्न किसीमका व्यापार यहाँ हुने गर्दछन् । आन्तरिक देखि बाह्य पर्यटकहरुले हस्तकलाका सामाग्रीहरु खरिद गर्ने भएकाले स्थानियकलालाई प्रोत्साहन मिलको छ ।तर पछिलो समय यहाँ आउने पर्यटकहरुको संङ्ख्या तुलनात्मक रुपमा कम भएको महशुस गरेको स्थानियहरु बताउँछन् । यहाँको व्यापार मानिसहरूले मात्र होइन, उड्ने परेवालाले पनि गरिरहेको देखिन्थ्यो । धर्म क

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ६२३ पटक पढिएको
  • मन्थलीमा दूध सङ्कलन केन्द्र स्थापना, किसानको दूध बिक्रीको समस्या समाधान

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–२ का किसानहरूका लागि अब आफूले उत्पादन गरेको दूध बिक्री गर्ने चिन्ता हटेको छ ।उत्पादन भएको दूध बिक्री नहुँदा आयआर्जनबाट वञ्चित हुँदै आएका किसानले अब जति दूध उत्पादन गरे पनि आफ्नै गाउँमा सहज रूपमा बिक्री गर्न पाउने भएका छन् । मन्थली नगरपालिका–२ को धारापानीमा कृष्णप्रिया फर्म तथा दूध डेरी काठमाडौंले दूध सङ्कलन केन्द्र स्थापना गरेपछि किसानको दूध गाउँमै सङ्कलन हुन थालेको हो । डेरीले गाउँमा खपत हुने दूध गाउँमै बिक्री गर्ने र अतिरिक्त दूध काठमाडौं लैजाने व्यवस्था मिलाएको जनाएको छ ।सञ्चालकका अनुसार उक्त क्षेत्रमा दूध उत्पादन र सङ्कलनको राम्रो सम्भावना देखिएपछि सङ्कल

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ६१९ पटक पढिएको
  • पुसमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो, जसअनुसार यस वर्ष मुद्रास्फीति उल्लेख्य रूपमा घटेको देखिन्छ ।पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो ।चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ६०१ पटक पढिएको
  • काठमाडौं महोत्सव माघ १४ देखि भृकुटीमण्डपमा आयोजना हुने

    काठमाडौं— नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘काठमाडौं महोत्सव २०८२– ‘काठमाडौं बिजनेस एक्स्पो–२०२६’ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा हुन लागेको महोत्सव स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो ।महोत्सवले काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने आयोजकको विश्वास छ । आयोजकका अनुसार महोत्सवमा करिब दुईसय भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू रहन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५९० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.