बाजुरा— बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् । यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दसैं भन्दा अन्नवाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिवेला पनि बालीनालीमै व्यस्त छन् ।यहाँको त्रिवेणी,बुढिगङ्गा,खप्तड छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामाकार्तिक,हिमाली जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्
काठमाडौं— आज विश्व रेबिज दिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । सेप्टेम्वर २८ विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।सेप्टेम्वर २८मा प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । २०२५ को विश्व रेबिज दिवस को नारा …Act Now:You, Me, CommunityÚ रहेको छ जस
भक्तपुर— दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् ।मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौं । ग्राहक भने फुलपातीतिरै बढ्छन् । अहिले फाट्टफुट्ट मात्र बिक्री भइरहेको छ ।’श्रेष्ठले ल्याएको च्याङ्ग्राको खु
गुल्मी, १० असोजः गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले २०० रोपनीमा फैलिएको कार्यक्रममा जातीय परीक्षण भइरहेको बताउनुभयो । उक्त कार्यक्रममार्फत कफीका तीनवटा जात सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्तावता तयार गरी पेस गरिएको उहाँको भनाइ छ । त्यसका अतिरिक्त कफीका अरु जातीय तथा रोगकिरा व्यवस्थापन परीक्षण भइरहेको छ । गौतमका अनुसार कफीको माउबोट, त्यसको हाँगा, बीउ छन
ललितपुर— तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ललितपुरको जावलाखेलमा गोदावरी पुष्प प्रदर्शनी आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुने ‘१८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८२’ यही असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ।फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुसार पाँच दिनसम्म चल्ने प्रदर्शनी जावलाखेलस्थित खेल मैदानमा बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म खुला रहनेछ।प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल, ३ वटा सूचनामूलक, १ प्रतिस्पर्धात्मक स्टल र १ सेल्फी स्टलसहित कुल ८५ वटा
मुगु— नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न सुरु गरेको छ ।कम्पनीले जिल्लाको छायाँनाथ रारा नगरपालिका, मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गत सोमबारदेखि गमगढीस्थित शाखा कार्यालयबाट सहुलियत दरमा खाद्यान्न वितरण गर्न थालेको हो ।सहुलियत दरमा खाद्यान्न पाइने भएपछि उपभोक्ताको भिड लागेको छ भने दैनिक लाखौं रुपैयाँको कारोबार भइरहेको छ ।शाखा कार्यालय मुगुका सूचना अधिकारी मौसम माझीँका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यविधिअनु
सुर्खेत— कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् ।आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरु युरोपमा निर्यात गरिएको छ । कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काकाअनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मन निर्यात गरिएको छ । कर्णालीका सल्यान, रूकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत देशमा निर्यात गर्दै आएको खड्काले ब
काठमाडौँ, १ असोज : केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताउनुभयो ।महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उहाँले बताउनुभयो । महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको
बर्दिया— बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । भारतीय केराको आयात बढेपछि बर्दियामा नेपाली केरा विक्री नहुँदा बर्दियाली किसान मारमा परेका छन् । केरा समयमा विक्री हुन छाडेपछि बर्दियाका किसान भारतीय केराको आयातमा रोक लगाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएका छन् ।केराको उत्पादन र विक्री हुने समयमा नै बिक्न छाडेपछि केरा किसानहरूले भारतीय केराको आयातमा मंसिर महिनासम्म पूर्ण
सुर्खेत । कालिकोटको शुभ कालिका गाउँपालिका–३ की बुँदा शाहीको दैनिकी फेरिएको छ ।सँधै खाद्यान्न बाली लगाउने बुदाले गाउँमै तरकारी खेती थालेपछि उनको दैनिकी फेरिएको हो । बारीमा तरकारी गोडमेल गर्ने, तयार भएको तरकारी टिपेर जम्मा गर्ने अनी त्यही तरकारी बेच्नका लागि नजिकैका बजारमा पु¥याउनु बुदाको दैनिकी बनेको छ ।बुदाले गाउँमा तरकारी खेती गरेकी छन् । बारीमा फलेको तरकारी बिक्रिबाट घर खर्च चलेको छ । बुदाजस्तै शुभकालिका महिलाहरूले खेतबारीमा व्यवसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बन्न थालेको बताएका छन् । स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।तरकारी खेती पहिलेदेखि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.