कृषि

    Showing १०१-११० of ६०६ items.
  • चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकासस् अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

    काठमाडौं— हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ रोप्दै आएका छन् । तर अब यो परम्परा बदलिने संकेत देखिएको छ ।चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ ।चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले जंगली धानमा दीर्घायु जीन पहिचान गरेको हो । उनीहरूले उक्त जीनलाई आधुनिक खेती गरिने धानमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । यसबाट धानको यस्तो नयाँ प्रजाति तयार भएको छ, जुन फसल काटिसकेपछि पनि मर्दैन ।चीनको दक्षिणी टापु प्रान्त हाइनानमा गरिएको परीक्षणमा यी धानका बोटहरूमा अद्भुत जीवनशक्ति देखिएको छ । धान पाकेर काटिसकेपछि पन

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५५० पटक पढिएको
  • तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै

    जनकपुर— तराई मधेशमा आज माटो खेलेर जुडशितल पर्व मनाइँदै छ । बैशाख २ गत्ते तराई मधेशमा ठूला बडाले आफू भन्दा सानोको टाउकोमा शितल जल हालेर आर्शिवाद दिने र माटो पनि खेल्ने परम्परा रहेको छ ।तराई मधेश क्षेत्रमा आजबाट गर्मी बढ्दै जाने मानिन्छ । माटोले शरीरलाई शितल बनाउने र अन्य पोषण प्रदान गर्ने विश्वासका साथ आजको दिन माटो खेल्ने गरिन्छ । जनकपुरधाममा आजको दिनलाई विशेष उत्सव झैं मनाईन्छ । जनकपुरधामका विभिन्न पोखरी, ताल तलैयाहरुमा स्थानीयहरु जम्मा भएर एक अर्कालाई आर्शिवाद दिनुका साथै माटो दलेर जुडशितल मनाउने गर्छन । सोही क्रममा आज प्रतिनिधिसभा सदस्य रास्वपाका पर्वक्ता मनिष झाले पनि जनकपुरधामको अरगज्जा प

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ६०१ पटक पढिएको
  • लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

    भोजपुर। यहाँको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् । लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताउनुभयो । उहाँका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ । किसानलाई व्यावसाक खेतीतर्फ आकर्षित गर्न हतुवागढी गाउँपालिकाले विभिन्न अनुदान तथा प्राविधिक सह

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ३०५ पटक पढिएको
  • सरकारको अदूरदर्शी निर्णयले केराको मूल्य ४०५ बढ्यो, दैनिक ५० लाख राजश्व घाटा

    काठमाडौं— सरकारको अदूरदर्शी निर्णयका कारण देशभर केराको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो निर्णयपछि बजारमा केराको भाउ करिब ४० प्रतिशतले बढेको व्यवसायीहरूले बताएका छन्। यसले उपभोक्तालाई प्रत्यक्ष मार परेको छ भने व्यापारिक क्षेत्र पनि प्रभावित भएको छ।केरा आयात तथा वितरणसँग सम्बन्धित नीतिमा गरिएको परिवर्तनलाई व्यवसायीहरूले असन्तुलित र अव्यवहारिक भन्दै आलोचना गरेका छन्।  नयाँ व्यवस्थाले आपूर्ति प्रणालीमा अवरोध सिर्जना गरेको छ, जसका कारण बजारमा केराको अभाव देखिएको  उनीहरू बताउँछन । स्वदेशमा उत्पादन भएको केराले मूल्य नपाउनु र विेदेशी केराले बजार पाउनुले किसानहरुमा निराशा छाएको व्यावस

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ६३४ पटक पढिएको
  • वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी

    काठमाडौं । वन तथा कृषि तथा पशुपंछी विकास मन्त्री गीता चौधरीले मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेको बताएकी छिन् ।वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान भएतापनि अहिले यस क्षेत्र संकटमा रहेको चिन्ता व्यक्त गरिन् ।मन्त्री चौधरीले वनस्पति स्रोतलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै संकटमा पर्ने धारणा राखिन् ।उनले भनिन्,‘हामीले लिने अक्सिजन देखि औषधि, खाद्य रोजगारी र आर्थिक विक

    • प्रकाशित मितिः चैत २९, २०८२
    • २२७ पटक पढिएको
  • कृषिमन्त्री चौधरीद्वारा कालीमाटी बजारको अनुगमन

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् ।बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरी आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् । बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५

    • प्रकाशित मितिः चैत २६, २०८२
    • ५८६ पटक पढिएको
  • बाजुराको हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    बाजुरा— बाजुराको दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएको छ । रिरास परियोजना मार्फत उक्त मिल वितरण गरिएका हुन् । हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ अगुवा कृषकहरूलाई विद्युतीय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतीय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।मिल वितरणले कृषकहरूलाई राहत मिल्ने रिरास परियोजना कृषि प्राविधिक खेम ओलीले बताए । कृषकलाई गाउँ घरमा घण्टौँ समय लागेर धान, गहुँ, मकै र कोदो पिस्न सजिलो हुने भएको हो ।विगत लामो समयदेखि कुटानी पिसानी विभिन्न समस्या झेल्दै आइरहेका कृषकलाई आधुनिक मिल पाएपछि सहज हुने गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर म

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ६४५ पटक पढिएको
  • ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

    नारायणगढ । कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् ।कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भएपनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोग बिना उत्पादन सम्भव छैन । यसका लागि पानीको मात्रा, माटोको प्रकार, र बालीअनुसार सिँचाइ गर्ने तरिका निर्धारण गर्नु आवश्यक हुन्छ । कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले, उपलब्ध प्रविधि र उपकरणलाई स्थानीय स्तरमा प्रयोगयोग्य र व्यवहारमै आधारित बनाउनु जर

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ३४१ पटक पढिएको
  • असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

    सुर्खेत— शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्याए पछि कृषकहरू चिन्तित भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विभिन्न स्थानहरूमा असिना पानीले क्षति पु¥याएको छ ।शुक्रबार साँझ तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ, तोरी लगायतका बाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय तिलक तिमिल्सेनाले जानकारी दिए ।लगातारको असिना एक फिटसम्म बाक्लो भई जम्मा भएको र त्यसले पुरै बाली नष्ट गरेको बताए । असिनाले सुन्तला, कागतीलगायत फलफूलका बिरुवाहरूमा समेत क्षति पु¥याएको छ । चामुण्डा बिन्द्रसैनीको वडा नम्बर १, २ र ३ मा धेरै क्षति भएको स्थानीयले

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ५५७ पटक पढिएको
  • जुम्लामा धान दिवस :‘काली मार्सी’ संरक्षण र प्रवद्र्धनमा जोड

    मुगु । कर्णाली प्रदेश सरकारद्वारा चैत १२ गतेलाई ‘धान दिवस’ का रूपमा सार्वजनिक बिदा दिइएको अवसरमा जुम्लामा ‘धान दिवस २०८२’ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।‘जुम्लाको मूल्यवान धानखेती संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमको आयोजना कृषि विकास कार्यालय जुम्लाले गरेको थियो भने किर्डाक नेपाल, पेस नेपाल, वल्भिजन र लिबोड चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लगायतका निकायहरूले समन्वय गरेका थिए ।त्यस्तै कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईं सामाजिक संञ्जालमा लेखेका छन, कर्णाली प्रदेशमा चैत १२ लाई सार्वजनिक बिदा दि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.