कृषि

    Showing 101-110 of 472 items.
  • अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्रा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 395 पटक पढिएको
  • युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

    हेटौँडा (मकवानपुर), ९ कात्तिकः विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ ।पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ । काठमाडौँ उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ– कोही मुला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन् । जम्मा ३६ परिवारको मात्र

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 192 पटक पढिएको
  • पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

    भोजपुर, ३ कात्तिकः यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ । यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आवद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आ

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 281 पटक पढिएको
  • अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

    फुङ्लिङ, ३ कात्तिकः ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् ।फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उहाँले बताउभयो । फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहनु भएको छ । दसैँ परिवारसहित ब

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 125 पटक पढिएको
  • जुम्लामा मार्सी धान भित्र्याउने चटारो

    जुम्ला । तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन् । पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ । कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ । जिल्लाभर २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 165 पटक पढिएको
  • काटेको धानबाली चुट्नमा व्यस्त बाजुराका किसान

    बाजुरा । बाजुराका किसान यतिबेला काटेको धानबाली चुट्नमा व्यस्त रहेका छन् । यहाँका नौं वटै स्थानीय तहका कृषकहरु आफ्नो खेतबारीमा लगाएको धानबाली चुटेर भित्र्याउनमाा व्यस्त छन् ।असारको महिना लगाएको धानबाली यतिवेला काटेर सकिए पश्चात् धमाधम चुट्ने काम चलिरहेको छ । कतिपय बाँकी रहेका ठाउँमा भने धान काट्ने काम जारी नै छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने काममा व्यस्त देखिन्छन् ।बाजुराका नौं वटै स्थानीय तहका किसान बिहानदेखि बेलुकी अवेरसम्म खेतबारीमा व्यस्त छन । खेतमा लगाएको धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने,चुट्ने काम भ्याईनभ्याई छ । त्यस्तै खाली भएका खेतबारी जोत्ने,खन्ने,

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 150 पटक पढिएको
  • गोदावरी फूल प्रदर्शनी : नयाँ भेराइटी कम, जेनजी आन्दोलनको असर परेको गुनासो

    ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जावलाखेलस्थित खेलमैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीले रंगीचंगी फूल र मौलिक नर्सरी उत्पादनमार्फत दर्शकहरूको ध्यान खिचिरहेको छ ।‘रोपेर फूल गोदावरी, सजाऔं आँगन वरिपरि’ नाराका साथ असोज २९ देखि सुरु भएको मेला कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ । मेलामा ८० व्यावसायिक, ५ अफिसियल, २ प्रतियोगितात्मक, १ प्लान्ट क्लिनिक र १ फोटो सेल्फी स्टलसहित ९० वटा प्रदर्शनी स्टलहरू रहेका छन् ।यसैगरी १८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीम

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 131 पटक पढिएको
  • भालुले आक्रमण गर्दा ५९ वर्षीय पुरुषको मृत्यु

    दोलखा— जिल्लाको बैत्यश्वर गाउँपालिका–३, मिर्गे ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।बिहीबार बिहान घाँस काट्न गएका ५९ वर्षीय टेकबहादुर तामाङको भालुको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।पछिल्लो केही महिनादेखि मिर्गे क्षेत्रमा भालुको गतिविधि अत्यधिक बढेको थियो। विगत दुई महिनाको अवधिमा चार जनाभन्दा बढी स्थानीयहरू भालुको आक्रमणमा परी घाइते भइसकेका थिए।प्रहरी र वन विभागको टोली घटनास्थल पुगेको र भालुको निगरानी तथा नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ।स्थानीयहरूले यस क्षेत्रलाई उच्च जोखिमयुक्त वन्यजन्तु प्रभावित क्षेत्रको रूपमा घोषणा गरी तत्काल नियन्त्रण उपायहरू गर

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 471 पटक पढिएको
  • युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

    विराटनगर— नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् । करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ । हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ । कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन् । ‘यो फूल हामी आफैँले बिरुवा उमार

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 508 पटक पढिएको
  • अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद

    हेटौंडा— मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।प्रहरीले बुधबार साँझ मनहरी गाउँपालिका क्षेत्रबाट सर्लाहीको लालबन्दीतर्फ लैजाँदै गरेका ती गाडीहरू नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका गाडीहरू — गाडी नम्बर  प्रदेश न २  ०३–००१ च ३३५६  र बा २१ च ८९२८ मा क्षमताभन्दा बढी पशुहरू राखी ढुवानी गरिएको थियो । ती पशुहरूलाई सर्लाहीस्थित लालबन्दीतर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै गाडीका चालकहरूलाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 453 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा