धर्म/संस्कृति

    Showing 271-280 of 686 items.
  • गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन

    म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए । उनका अनुसार गत आव २०८०÷८१ मा रु ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ रु २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी रु २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको रेग्मीले जानका

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 288 पटक पढिएको
  • पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

    काठमाडौँ । महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भा

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 294 पटक पढिएको
  • डोलेश्वरका चारै ढोका खुला

    भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन् । महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्ष

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 268 पटक पढिएको
  • महाशिवरात्रीमा पशुपतिनाथमा भक्तजनको भीड (तस्वीरहरु)

    काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोह

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 508 पटक पढिएको
  • फागुन कृष्ण चतुर्दशीः भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व

    काठमाडौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 284 पटक पढिएको
  • मिथिला विहारी महाआरती र माध्यमकी परिक्रममा धुमधामका साथ मनाइने

    महेन्द्रनगर (धनुषा) । मिथिलाञ्चलसहित मधेसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग मनाइँदै छ ।यही फागुन १५ गते बिहीबारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ । यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन र साधुसन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश दासले बताए ।‘यस धार्मिक परिक्रमामा हजारौँ भक्तजन र साधुसन्तहरूले नेपाल र भारतका पवित्र धार्मिकस्थलमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्तिका लागि कामना गर्दछन्’, उनले भने ।मिथिलाक

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 264 पटक पढिएको
  • महाशिवरात्रिको तयारीः आकर्षक बनाइँदै पशुपति क्षेत्र

    काठमाडौँ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिली बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 271 पटक पढिएको
  • धनुषाधामको एतिहासिक धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढ्दै

    धनुषा । धनुषाको ऐतिहासिक तथा धार्मिक स्थल धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढाउन धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले निर्देशन दिएका छन् ।मकर मेला समितिले आयोजना गरेको धनुष मन्दिर व्यवस्थापन सम्बन्धी विशेष भेलामा बोल्दै मेयर मण्डलले वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरूलाई सो प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् । समुदायबाट मन्दिरको व्यवस्थापन ट्रस्टमार्फत गर्नुपर्ने माग उठेपछि मेयर मण्डलले आफू समुदायको इच्छाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताए । साथै, मन्दिरका पूजारी भरत बाबाको व्यवस्थापन, मन्दिर परिसरको सुरक्षा र सरसफाइलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।धनुष म

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 268 पटक पढिएको
  • कमलामाई प्रतिको आस्थाका कारण भक्तजनहरू बढ्दै

    रामेछाप । सिन्धुलीको कमलामाई प्रतिको बढ्दो आस्थाका कारण मन्दीरमा आउने भक्तजनहरूको सङ्ख्या बढ्दै गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा अवस्थित कमलामाईको दर्शन गर्न नेपालका विभिन्न जिल्लाहरूका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । यसले गर्दा कमला मन्दिरमा दैनिक भक्तजनहरूको भिड लाग्न थालेको छ । कुनै काम पुरा होस् भनि भाकल गर्ने र त्यो काम पुरा भएपछि कमलामाईलाई पाठी, परेवा लगायत पूजा गर्न भक्तजनहरू आउने गरेका मन्दिरमा दर्शन गर्न आएका रामेछापका दामोदर घिमिरेले बताए । ‘ हामीलाई विश्वास छ, मागेको कुरा पुरा हुने गरेको छ’, उनले भने । कमलामाईलाई कल्याणकारी देवी, दयालु, सहयोगी

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 144 पटक पढिएको
  • भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

    काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छायाँ दर्शन गराउने चलन छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिव लिङ्गको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 211 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा