बजार

    Showing 331-340 of 465 items.
  • काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका एक सातामै रिहा

    काठमाडौं — काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल चेक बाउन्सको आरोपमा पक्राउ परेका एक सातामै रिहा भएका छन्। उनलाई गत असार १३ गते काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको थियो।भेटवालमाथि झन्डै १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको थियो। पक्राउलगत्तै उनी स्वास्थ्य समस्या देखाउँदै अस्पताल भर्ना भएका थिए।पक्राउपछिको प्रक्रिया अनुसार असार १५ मा अदालतले ६ दिनको म्याद थप गरेको थियो, जुन असार १९ मा सकिएको थियो। सोही दिन भेटवाललाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइए पनि स्वास्थ्यको कारण देखाउँदै अदालतले म्याद थप गर्न अस्वीकार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहर

    • प्रकाशित मितिः असार २२, २०८२
    • 362 पटक पढिएको
  • खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

    काठमाडौँ  – मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे ।  बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् ।नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन । म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको ह

    • प्रकाशित मितिः असार २२, २०८२
    • 445 पटक पढिएको
  • पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

    काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०÷८१ कोे पूँजीगत खर्च भन्दा ०८१÷०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए । ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताँउदै उनले ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी  दिए । पूँजीगत खर्च सोचेअनुसार गर्न नसक्नुमा केहि व्यवहारिक कठिनाई गरेको औल्याउँदै उनले भने,‘ असारको १० गते ऐन बमोजिम ७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेका छौँ । यो पास भइसकेको छैन । मलाई जहाँसम्म लाग्छ ऐनमा व्यवस्थापन गरिएको

    • प्रकाशित मितिः असार २२, २०८२
    • 338 पटक पढिएको
  • बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

    काठमाडौँ  –  नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो  ।बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 351 पटक पढिएको
  • स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

    काठमाण्डौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।यदि वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको शेयर बिक्री नभएमा सर्वसाधारणहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरिएको छ ।  कुल २ लाख ३१

    • प्रकाशित मितिः असार १९, २०८२
    • 384 पटक पढिएको
  • जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

    बारा – बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन । भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन । उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो । भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज) का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको

    • प्रकाशित मितिः असार १९, २०८२
    • 412 पटक पढिएको
  • सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ

    काठमाडौं - सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ ।क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैया

    • प्रकाशित मितिः असार १६, २०८२
    • 392 पटक पढिएको
  • नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि

    काठमाडौं -  साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज

    • प्रकाशित मितिः असार १५, २०८२
    • 442 पटक पढिएको
  • नेपाली पौरखी हातले तयार ‘जुजु धौै’ : विदेशी समेत झुम्मिन्छन्

    काठमाडौं -  आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।तर आज मनाइने धान दिवस र

    • प्रकाशित मितिः असार १५, २०८२
    • 452 पटक पढिएको
  • पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 386 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.