काठमाडौं / साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं / साताको चौथो दिन बुधबार सेयर बजार बन्द हुनेछ । आज बुधबार तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।अब भोलि बिहीबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
काठमाडौं / सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, बुधबार तेजाबी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य पनि बढेको देखिन्छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।
झापा / बेँसीसहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनश्चः प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए ।
काठमाडौं / भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ । वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो ।गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड) सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड भारु (९ १२ अर्ब रुपैयाँ) मात्र सहयोग गर्ने गरी प्रस्ताव पेश भएको छ । नेपाललाई सहयोग रकम घटाउने प्रस्ताव गरेकी वित्त मन्त्री सीतारमणले दक्षिण एशियामा बांग्लादेशलाई दिने सहयोग रकम २ अर्बबाट बढाएर ३ अर्ब पुर्याउने र माल्दिभ्सलाई गर्ने सहयोग पनि २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब ६० करोड बनाउने प्रस्त
बिर्तामोड / सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ । ।
काठमाडौं / सोमवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू ४०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू ९१ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतबार प्रतितोला रू ९२ हजार २०० मा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू ४०० ले घटेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९१ हजार ३०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू ९१ हजार ७०० मा कारोबार भएको थियो ।यस्तै, सोमवा
काठमाडौं / नेपाल प्रहरीले भारतबाट महँगो रक्सी अवैध रुपमा तस्करी गरेर काठमाडौंमा बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।पर्साको गादी घर भई हाल बुढानीलकण्ठ एरियामा बस्दै आएका सन्तोष चन्द्र बख्रेल लगायतका व्यक्तिलाई अवैध मदिरा कारोबारको आरोपमा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिइसकेपछि अनुसन्धानका क्रममा एक महिनामै करोडौँको मदिरा अवैध रूपमा भारतबाट ल्याएर काठमाडौंमा कारोबार गर्ने गरेको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।प्रहरीले बख्रेलसँगै कागेश्वरी मनहरा नगरपालिका –६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुरमा घर भइ अहिले हाँडीगाउँमा बस्दै आएका २८ वर
काठमाडौँ / सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
विराटनगर / बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी भ्रष्टाचारको अभियोगका कानुनी कारवाहीमा तानिएपछि समस्यामा परेको प्रदेश एकको विकास बैंक सप्तकोसी डेभलपमेन्ट बैंक नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको अवधिमा बैंक ३ करोड २५ लाख रुपैयाँ नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ । गत वर्ष बैंक ८० लाख ४८ हजार रुपैयाँ खुद नाफामा रहेको थियो ।चालु आर्थिक वर्षको पुस मसान्त सम्मको अवधिमा बैंकले खुद ब्याज आम्दानी भने १२.१० प्रतिशतले बढाएर ११ करोड १२ लाख रुपैयाँ कमाएको छ । गत वर्ष भने ९ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।बैंक ३ कर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.