काठमाडौं – आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्ने भएका छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।
यसैगरी समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।
प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।