• दिलिप वान्तवा

नेपाल आफैमा बिबिधताहरुको खानी हो। मानवशास्त्रीहरुको तर्क छ, नेपाल यस्तो भुमी हो जहाँ उत्तर र दक्षिणको भुगोलबाट प्राचीन मानव समुहहरु विभिन्न ठाउँमा बास बस्दै बस्दै आजको नेपालको भुगोलभित्र आईपुगे र यहाँ बेग्लै भाषा, संस्कृती र सभ्यताको बिकास गरे। यहाँको भुगोल, हावापानी र जैविक प्रणालिसंग आफुलाई अनुकूलन गराए। सोही अनुसारको भाषा बिकास गरे, संस्कृती, मूल्य र मान्यता निर्माण गरे। ती सबै चिजहरु एक आपसमा फरक तर अन्तर्सम्बन्धित भए।

त्यसै गरि एउटा समय खण्डमा बर्तमान नेपालको भुमीमा आईपुगेको एउटा जाती हो मगर। अधिकांश बिद्धानहरु प्राचीन मगर पुर्खाहरु तिब्बतको बाटो हुँदै मुस्ताङ आईपुगेका थिए भन्ने बिस्वास गर्छन्। जसले अन्य जातिले जस्तै बेग्लै भाषा, संस्कृती, सभ्यता र मूल्य मान्यताको बिकास गर्‍यो र आज नेपालको ठूलो भाषिक समुदायका रुपमा परिचित छ। समयक्रममा तत्कालिन बाईसे(चौविसे राज्यहरुमा राज्यका मुख्य थलोहरुमा पुगेका मगरहरु गोरखा राज्यमा पृथ्वीनारायण शाहको आगमनपछी मगरहरुलाई सैनिकका रुपमा अधिक प्रयोग गरिएको ईतिहास छ। त्यही क्रममा हालको पश्चिम नेपालमा बाहुल्यता जमाएका मगरहरु गोरखा राज्य बिस्तारको क्रममा जहाँ जहाँ पुगे कतिपयले त्यतै थातथलो निर्माण गर्दै गए र अहिले नेपालको सबै ठाउँतिर मगरहरुको बसोबास भएको पाईन्छ। त्यो संगै मगरहरु राज्यसत्ताको प्रभाव र कतै दमनका कारण आफ्नो मौलिकताहरुबाट बिमुख हुँदै हिन्दु संस्कृती र परम्परालाई आत्मसात गरेको पनि देखिन्छ। अत्यन्तै शूरो, साहसी तथा ईमान्दार यो जातिका मानिसहरुलाई राज्यसत्ता संगै पछिल्लो समय बिद्रोहका लागि समेत प्रयोग गरियो। मगर समुदायको बाहुल्यता भएको पश्चिम नेपाललाई ईपिसेन्टर बनाएर चलाईएको माओबादी बिद्रोहलाई एक्स्लरेट गर्ने काम मगर समुदायको लडाकु स्वभाव र उनिहरुको बहुमत संलग्नताले गरेको थियो भन्दा अत्युक्ती नहोला। 

OM Sai Pathibhara Hospital

राज्यका लागि मर्न र मार्न समेत तयार मगर समुदायलाई राज्यले भने लामै समय दमन गरेर राख्यो। उसको भाषा, संस्कृती, सभ्यता र ज्ञान परम्परालाई निषेध गरेर एकल भाषा, एकल भेष, एकल संस्कृतिको चिन्तन लिएको राज्यसत्तासंग लुकिछिपी भए पनि आफ्नो सभ्यताको सानो डोरि जोगाएको मगर समुदायले माघे सक्रान्ती वा ूमाघे सकराटीू लाई आफ्नो प्रमुख चाडका रुपमा मनाउने गर्दछ। सयौँ बर्षसम्म कहिले राज्यबाट लुकेर त कहिले डराउँदै भए पनि आफ्नो संस्कृतिलाई जोगाईरहेका मगरहरुका लागि गणतन्त्र स्थापनापछी बि। सं। २०६५ साल पौष २३ गते बल्ल नेपाल सरकारले माघे सक्रातीलाई मगरहरुको राष्ट्रिय चाड भएको घोषणा गरिदियो। त्यहि समयपछी भने यो चाडले देश बिदेशमा रहने सम्पुर्ण मगर समुदायलाई एउटा सामुदायिक मालामा गाँसिन सघाएको छ।

हुन त माघे सक्रान्तिलाई नेपालका विभिन्न समुदायले फरक फरक नाममा मनाउने गर्दछन्। जस्तो कि थारुहरुले माघी मनाउँछन् भने आर्य समुदायले माघे सक्रान्ती भनेरै मनाउँछन्। किराँत सभ्यतामा येले सम्बत अन्तर्गत नयाँ बर्षका रुपमा मनाउने चलन छ भने मगर समुदायमा परापुर्वकालदेखी नयाँ बर्षका रुपमा तथा तत्कालिन समयमा बर्षदिनका लागि गाउँको हर्ताकर्ता वा मुखियाको  छनौट गर्ने दिनका रुपमा पनि मनाईने गरेको ईतिहास छ। ज्योतिषहरुका अनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले यसलाई मकर सक्रान्ती पनि भनिन्छ र हिन्दु धर्म मान्यता अनुसार यो परिघट्ना निक्कै महत्वपुर्ण मानिन्छ। यो दिनदेखी सूर्य  दक्षिणी गोलार्द्धबाट उत्तरतिर प्रबेश गर्ने भएकोले रात छोटो हुँदै जाने र दिन लामो हुँदै जाने तथा क्रमशः चिसो कम हुँदै न्यानोको शुरुवात हुने दिनका रुपमा समेत चिनिन्छ। माघे सक्रान्तिको बेला न्यानो यामको शुरुवात संगै शरीर र प्रकृतिको तापक्रम बिच तादाम्यता मिलाउन भुइँमुनी फलेका तरुल, सुठुनी लगायतका कन्दमुल खाने मगर समुदायको प्रचलन बैज्ञानिक हिसाबले पनि  उपयुक्त देखिन्छ।

मगर समुदायले आफुलाई मौलिक रुपमा प्रकृति पुजक मान्दछ। साँस्कृतिक हिसाबले अठार मगरात र बाह्र मगरात गरि दुई हाँगामा बर्गिकृत मगर समुदायमा खाम, ढुट र काईकेई गरि तीन भाषा बोलिन्छ। त्यसरी नै माघे सक्रान्तिलाई पनि साँस्कृतिक बिबिधता अनुसार नै मनाउने प्रचलन रहेको छ। यसले कतै चेलिहरुको पुजा गर्ने संस्कृतिलाई उजागर गर्दछ भने कतै प्रेमी र प्रेमिका बिचको प्रेम अभिब्यक्त गर्ने अवसर र माध्यमको रुपमा।

माघे सक्रान्तिको साँस्कृतिक पाटोले यो जातिको सभ्यतासंग कृषि युगसम्म पुर्‍याएर जोडेको देखिन्छ। सम्पुर्ण हिसाबले बालिनालिहरु भित्र्याईसकेर फुक्काफाल भएको बेलामा प्रकृतिप्रती कृतज्ञता देखाउने र सबै छरछिमेक, ईष्टमित्र, चेलिबेटी भेला भएर उत्सबका रुपमा मनाउने जुन प्रचलन छ यसको जरा मानव सभ्यताको कृषियुगबाटै शुरु भएको मान्न सकिन्न ररु यो संगै मगर समुदायले माघे सक्रान्तिलाई आफ्ना दिवंगत पुर्खाहरुलाई ूडि डाँकेू अर्थात पानी चढाउने उत्सवका रुपमा पनि मनाउने गर्दछन्। पौष मसान्तका दिन जंगलबाट बनतरुल वा बारिबाट तरुल, सुठुनी ९सक्खरखण्ड० खनेर ल्याई उसिन्ने तथा जाँड रक्सी र सेल रोटि तयार गरि माघ १ गते सम्पुर्ण रुपमा चोखो नितो गरि घर लिपपोत गरेर नजिकैको पँधेरामा नुवाईधुवाई गरेपछी नदि किनार वा पानीको मुहानमा गएर ूडि डाँकेू गरिन्छ। त्यस क्रममा केराको पातमा एक माना चामल र एक माना मासको दाल भिजाई मुछेर, नौ वटा डल्ला बनाएर तिनै डल्लाहरुलाई दिवंगत पितृको स्वरुप मानेर अदुवा, बेसार र मर्चा राखी घ्यूको धुप बालेर पितृपुजा गर्ने गरिन्छ। आफन्त, चेलिबेटी सबै जम्मा भएर एक आपसमा दुखसुखका कुरा साटासाट गर्दै रमाउने एउटा खुला अवसर पनि हो।

यो चाडको अर्को महत्वपुर्ण पाटो चाहिँ तारो हान्ने, छेलो हान्ने प्रतियोगिता पनि हो। यो प्रतियोगिता धनुषवाणले खेलिने भए पनि कतै कतै बन्दुकको प्रयोग गर्ने गरिएको देखिन्छ। यसमा युवायुवतिहरुको निक्कै आकर्षण देखिन्छ। यो परम्पराले शिकारी युगलाई प्रतिबिम्बित गरेको दावी यो समुदायका अगुवाहरु गर्दछन्।

हरेक परिघट्ना, उत्सव वा चाडहरुको आ(आफ्नै मौलिक अर्थ र महत्वहरु हुन्छन्। हरेक समुदायसंग आफ्नो मौलिक संस्कृती र सभ्यताहरु छन्। लामो समयसम्म राज्यले जारी गरेको एकल भाषा, एकल संस्कृती र एकल भेषभुषाको नाराले नेपालका तमाम जाती, समुदायहरुका मौलिकताहरु नष्ट गरिदियो। आजसम्म जे जति बँचेका छन् र बँचाईएका छन् तिनको समुचित संरक्षण, संवर्द्धन संगै तिनको ज्ञान परम्परालाई राष्ट्रिय नीति निर्मण तहमा प्रयोग गर्न सके ‘शयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली’ सार्थक हुनेथियो।