सुनसरी :धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ ।

शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरू, विद्यालयहरूले सांस्कृतिक झाँकीसहित धरान –१६ स्थित रङ्गशालाको दक्षिणी मैदानमा उत्सव सुरु भएको हो । उत्सवको उदघाटन ज्येष्ठ नागरिक ७७ वर्षीय काजिमान गुरुङले  बताए । 

OM Sai Pathibhara Hospital

 उनले धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाइ स्वागत तथा धन्यवाद दिनुभएको थियो । धरान १९६१ मा विधिवत् नगरपालिका घोषणा भएको थियो । धरान संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको नगरप्रमुख राईले बताए । पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको उनले बताए ।

धरान बहुजाती, बहुभाषी, बहुसंस्कृति रूपमा रहेकाले हरेक कार्यक्रममा विभिन्न जातजातिका झाँकीसहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रूपमा रहेको उपप्रमुख आईन्द्रबिक्रम बेघाले बताए । धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दैआएको उपप्रमुख बेघाले बताए । धरान १२४ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको उपप्रमुख आइन्द्र बेघाले बताए।

धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गते( जनबरी ४)लाई धरान स्थापना दिवसको रूपमा धरान उत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२४ औँ वर्ष पुगेको छ । धरान उत्सवमा रोटे पिङ तथा बालबालिकाका लागि मनोरञ्जनको गाडी, नाउहरू राखिएको छ।