काठमाडौं–सभामुख देवराज घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सबैलाई नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। 

उनले संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको भन्दै यसको कार्यान्वयनका लागि सम्बद्ध निकायले जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सभामुखले संविधान सबै नेपालीको साझा दस्तावेज भएको उल्लेख गर्दै बाँकी कानुन निर्माणमा राजनीतिक शक्तिहरूबीच समझदारी खोज्न अपिल गरेका छन्।

OM Sai Pathibhara Hospital

नेपालको लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएका आन्दोलन र सङ्घर्षमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् ।