काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ । टुँडिखेलमा हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

संविधान दिवसको अवसरमा सङ्घ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, र नागरिक समाजले विभिन्न कार्यक्रम गर्दैछन्। विदेशस्थित नेपाली दूतावासहरूमा पनि कार्यक्रम आयोजना हुनेछ ।

OM Sai Pathibhara Hospital

२०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायतका विषयलाई आत्मसात् गरेको छ ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ ।

यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् ।