काठमाडौं – ३६ वर्षीया आकांक्षा (नाम परिवर्तन) आठ दाजुभाइबहिनीमध्ये सबैभन्दा जेठी हुन् । परिवारका सदस्यका अनुसार, उनी घरमा राम्रोसँग बस्दिनन् । काम गर्ने कम्पनीमा पनि उनलाई अरूको कुरा सुन्न मन पर्दैन, उनी आफ्नो कुरा सबैमाथि लाद्न खोज्छिन् । 

सामान्य आलोचनाले उनलाई नराम्रो महसुस गराउँछ, उनी रुन थाल्छिन् । यसबारे सोध्दा आकांक्षा सधैँ अनिद्राको कारण समस्या भएको बहाना बनाउथिन् । काम अनि परिवारको तनावका कारण आफूलाई निन्द्रा नलागेको उनको जवाफ थियो । 

OM Sai Pathibhara Hospital

तर, वास्तविकता उनले भनेको भन्दा फरक छ । आकांक्षालाई वास्तवमा अनिद्राको समस्या छैन् । उनी अनिद्रालाई कारण बनाएर अरूको ध्यान खिच्ने प्रयास गर्थिन् । परामर्शपछि थाहा भयो कि उनी ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’ बाट पीडित थिइन् ।  तर आफूलाई यो समस्या छ भन्ने कुरा उनी स्विकार गर्न मान्दिनन् । 

नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर के हो ?

आफूसँग भएको कुनै वस्तु, सिप, सीमित ज्ञान, सुन्दरताबाट आफै मुग्ध हुनुलाई आत्ममुग्धता भनिन्छ । भोपाल जिल्ला अस्पतालका क्लिनिकल साइकोलोजिस्ट डा. राहुल शर्माका अनुसार, यस डिसअर्डरलाई सामान्य भाषामा आत्ममुग्धता भनिन्छ । यो कुनै रोग होइन, तर पर्सनालिटी डिसअर्डरभित्र पर्छ । परामर्श र साइकोथेरेपीले आकांक्षालाई सुधार गर्न सहयोग पुर्यायो र उनको व्यवहारमा सकारात्मक परिवर्तन ल्यायो ।

मनोवैज्ञानिकहरूले बताउँछन् कि आत्ममुग्धता प्राय: सबैले कहिलेकाहीं देखाउँछन् । यसका लक्षणहरूमा आफूलाई अरूभन्दा राम्रो मान्ने, ध्यान खिच्ने व्यवहार, र सामाजिक सम्बन्धलाई प्राथमिकता नदिनुजस्ता रहेका छन् ।

डा. शर्माका अनुसार, आत्ममुग्धता व्यक्तित्व विकासको समस्या हो, जसले परिवार र सामाजिक वातावरणबाट प्रभाव पाउँछ । महिलाको तुलनामा यो समस्या पुरुषहरूमा बढी सामान्य छ ।

यसको समाधान परामर्श र साइकोथेरेपीबाट गर्न सकिन्छ । यदि व्यक्तिको स्वभावले कार्यालय र घरमा समस्या ल्याइरहेको छ भने, तुरुन्त परपर्शका लागि जानु आवश्यक हुन्छ । बीबीसी हिन्दीबाट