काठमाडौं– सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता यात्रामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ढाटेको गुनासो गरेका छन्।
बैठकमा प्रचण्डले बिहान कुराकानी गर्दा समेत स्वर्ग र नर्क सँगै जाउँ भनेर प्रस्ताव गरेको बताएका छन्। माओवादीले अन्य दलसँग पनि प्रधानमन्त्रीमा विश्वासको मत लिने दाबी गरेको छ। आउँदो असार २८ मा प्रधानमन्त्री समेत रहेका प्रचण्डले विश्वासको मत लिँदैछन्।

माओवादीले विश्वासको मत दिन ह्वीप जारी गरेको छ। साथै, माओवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अन्य दल तथा स्वतन्त्र सांसदहरूसँग संवाद गर्ने तयारी गरेको छ।
माओवादीको पहिलो उद्देश्य विश्वासको मत प्राप्त गर्ने नै रहने बताए । यदि विश्वासको मत नपाए संविधानको धाराअनुसार नै राष्ट्रपतिले कदम अघि बढाउने आफूहरूको विश्वास रहेको जानकारी उनले दिए ।