काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले कुन व्यक्तिको नेतृत्वमा संविधान संशोधनका लागि आयोग बनाउने भन्नेबारे ठोस निर्णय नभएको बताएका छ्न्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका हुन्। अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भने भएको उनको भनाइ छ।

‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ, कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन’। ओलीले भने।