काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो।
![OM Sai Pathibhara Hospital OM Sai Pathibhara Hospital](/uploads/advertise/OM Sai Pathibhara Hospital_1685259846.jpg)
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ।
यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले २०८१ साललाई सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियानको रुपमा चलाउने यसअघि नै निर्णय गरिसकेको छ।