काठमाण्डौं ।  एनआईसी बैंकका नायव प्रमुख सूचना अधिकारी तथा कर्जा बिभाग प्रमुख (एजीएम) अर्जुनराज खनिया बैंक छोड्न लागका छन् । बैंकका एक उच्च पदस्थकर्मचारीका अनुसार खनियाले बैंकप्रति असन्तुस्टि जनाउदै बैंक छाड्न लागेका हुन् ।

एनआईसी एशिया बैंकको अवस्था अत्यन्त नाजुक छ, त्यसमापनि सिइओ रोशनकुमार न्यौपानेले कर्मचारीप्रति गर्ने ब्यवहार ज्यादै तल्लो स्तरको छ । जसले गर्दा कर्मचारीले धमाधम बैंक छाड्न थालेका छन् । तल्लो तहका कर्मचारीले जागिर छाडेको त थाहा थियो तर यसरि उच्च ब्यवस्थापनका कर्मचारीले बैंक छाडेको भने यो पहिलोचाटि हो । यसले बैंकको साख अझै गिर्ने देखिन्छ उनले भने । त्यस्तै, खनिया केहिदिनदेखि आफूले एनआईसी एसिया बैंक छोड्न लागेको भन्दै जागीर खोज्दै हिडेका छन् । उनी लगाएत थुप्रै उपल्लो तहका कर्मचारीले बैंक छोड्दै छन् भन्ने सुनेको छु । नेपाल रास्ट्रबैंकका एक कर्मचारीले अनलाईनपानासंग भने ।

OM Sai Pathibhara Hospital

बैंकमा नेपाल रास्ट्र बैंक ब्यवस्थापनदेखि बैंकका आन्तरिक तथा बाह्य तनाव ब्यवस्थापन यवम् मिडिया ब्यवस्थापन गर्नेसम्मको दायित्व खनियालाई नै थियो । तर केहि समय यता खनियाले असन्तुष्टि जनाउदै उक्त जिम्मेवारी हात झिकेका थिए । सोहि अनुरुप आफू स्वस्थ भएपनि बिरामी भएको नाटक गर्दै लामो समय बिदामा बसे । खनिया तिनै कर्मचारी हुन् जसले बैंकको कर्तुत लुकाउन नेपाल रास्ट्र बैंकका उपल्लो तहका कर्मचारीलाई हरेक शुक्रबार तारे होटल र महङ्गा रेस्टुरेन्टमा लगेर आतिथ्य सत्कार गर्ने गर्थे । गर्छन जसका कारण नेपाल रास्ट्र बैंकले एनआइसी एशिया बैंकका कर्यौ कमीकमजोरी उपर कानुनी दायरामा ल्याएर कारवाहि गर्ने हिम्मत गरेको देखिदैन ।

खनिया बिदामा बसेकै बेला एनआईसी बैंकको अवस्था अत्यन्त चिन्ताजनक रहेको बिषय एकपछि अर्को गदैं बाहिर आउन थाल्यो, जसका कारण बैंक माथि चौतर्फी आक्रमण भयो, मिडियाले पनि बैंकका कमजोरी बाहिर ल्याएर जनतालाई सूसुचित गर्नेकाम गरेपछि संकटग्रस्त अबस्थामा पुगेको एनआइसी एशियाका ग्राहकले एकपछि अर्को गर्दै निक्षेप निकाल्न थालेका छन् । केही समय अधि बैंकका सिईओ रोशन कुमार न्यौपानेले सरकरी जग्गा हडपेको उनको व्यत्तिगत विषयमा अनलाइनपानाले निरन्तर समाचार लेखिरहदा उनै खनिया सरकारी जग्गालाई न्यौपानेको बनाउन, हाम्रो कलम बन्द गर्न लगाउनेदेखि मालपोत, नापी विभाग र वडा कार्यलयलाई समेत प्रभावमा पार्दै साम दाम दण्डभेदका साथ लागिपरेका थिए ।यसबाट पनि प्रष्ट हुन्छ की खनिया बैंकका वफादार कर्मचारी र सिइओ न्यौपानेको विश्वासपात्र हुन् । तर उनले समेत बैंक छाड्न लागेको बिषयले पनि आन्तरिक रुपमा एनआइसी एशिया बैंक कति कमजोर अवस्थामा पुगेको छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।

यसअघि खस्किँदो गतिमा गइरहेको एनआईसी एशिया बैंकमा नेपाल राष्ट्र बैंकको अत्यधिक दवाब बढेपछि डेपुटी सीईओ पाण्डेद्वारा राजीनामा दिएका थिए, उनले राजीनामा दिएको समाचार बाहिरिएपछि बैंकले ड्यामेज कन्ट्रोल गर्न केहिसमयका लागि राजीनामा अस्विकृत गरेको नाटक मञ्चन गर्‍यो । तर फागुन ९ गते बुधबार बसेको बैंक संचालक समिति बैठकले बैंक छोड्न पाउं भनि दिएको उनको राजीनामा स्विकृत गरिसकेको छ जुन गुपचुप राखिएको छ । लामो समयदेखि अनलाइपानाको फोन ब्लक गरेर बसेका सहायक सूचना अधिकारी खनियासंग भने कुराकानी हुन सकेन ।