काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ । अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार शुक्रवार राति अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरुवा गरेका हुन् ।

अर्थ मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको रूपमा सरुवा गरिएको छ । त्यसै गरी आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पठाइएको छ ।

OM Sai Pathibhara Hospital

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । उनको स्थानमा सेवन्तक पोखरेललाई पठाइएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ ।

नारायण प्रसाद रिसाललाई  वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा गरिएको छ ।