मोरङ ।  मोरङको रंगेलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार दिउसो ३ बजेको समयमा मोरङको रंगेली नगरपालिका-३ आनन्द ईटा भट्टामा को १ त ८५७८ नंम्बर को ट्याक्ट्ररले माटो बोक्ने क्रममा सोही भट्टाका मजदुर भारतको कुच बिहार बंगाल बस्ने ५५ वर्षिय बिसन्दु मियालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

ट्याक्टर, चालक स्थानिय २१ वर्षिय बिवस मुर्मु इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रण रहेको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ।