काठमाण्डौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका छन्। उनको देब्रे पाखुरामा गोली लागेको छ।

विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन्। उनको देब्रे हातको केही भाग काटिएको छ। पसल बन्द गरेर फर्केको समय भएकोले लुटेरा हुनसक्ने आशंका गरिएको छ।

OM Sai Pathibhara Hospital

गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।