जनकपुर । नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्म दैनिक दुई पटक सेवा दिँदै आएको छ । आगामी वैशाखदेखि सो सेवामा थप दुई पटक सेवा विस्तार गर्ने जनाएको छ।
हालको रेल्वे सेवालाई जयनगरदेखि बर्दिवाससम्म पुर्याउने लक्ष्य रहेकोले २ सय ३४ कर्मचारीको आवश्यकता रहेकोले यातायात व्यवस्था मन्त्रालयलाई प्रस्ताव गरिएको ती कर्मचारीले बताएका छन।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगरदेखि बर्दिवाससम्म रेल संचालनका लागि २ सय ३४ कर्मचारीको आवश्यकता रहेको भन्दै यातायात व्यवस्था मन्त्रालयलाई प्रस्ताव समेत गरेको छ ।
केही दिन अघि मात्रै नेपाल रेल्वे कम्पनीले गरेको संगठन संरचना तथा कर्मचारी दरबन्दीको सर्वेमा बर्दिवासदेखि जयनगरसम्म रेललाई व्यवस्थित रुपमा संचालन गर्न २ सय ३४ जना कर्मचारीको आवश्यकता रहेको प्रतिवेदन तयार गरेको थियो ।
उक्त प्रतिवेदन नेपाल रेल्वे कम्पनीले यातायात व्यवस्था मन्त्रालयलाई पठाइसकेको छ । प्रतिवेदनमा रेल चालकसहित ८ जना सहचालकको आवश्यकता रहेको उल्लेख छ ।
त्यसै गरी प्रतिवेदनमा ईन्जिनियरदेखि रेल्वेमा काम गर्ने हरेक पदका कर्मचारीको संख्या उल्लेख गरी पठाइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
अहिले सम्म उक्त प्रतिवेदनको विषयमा मन्त्रालयले कुनै प्रक्रिया अगाडि नबढाएकोले सो प्रतिवेदन अहिले सार्वजनिक गर्न नमिल्ने नेपाल रेल्वे कम्पनीका एक कर्मचारीले बताए ।