काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई वैशाख १ गते नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गर्नुभएको हो।
विभूषण विशेष समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।
विभुषण प्राप्त गर्नेहरुमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, झापाका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, जिल्ला प्रशासन कार्यालय झापाका नासु यदुनन्दन दाहाल र प्रहरी निरिक्षक बबिन्द्र नेम्बाङ सम्माननिय राष्ट्रपति ज्यूबाट, "प्रबल जनसेवाश्री पदक"प्राप्त गरि सम्मानित हुनुभएको छ ।