काठमाडौं । लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास खण्डहर दरबार प्रकाशित भएको छ ।
बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको छ ।
यश अघि पनि दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन लेखकका आनुसार यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ।
ठुलो षड्यन्त्र भयो दरबारमा राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो । जुन् कुरा जनताले पत्याउन सकेका थिएनन्।
उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ। उपन्यासले दरबार हत्यकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको लेखक नगेन्द्र न्यौपानेले बताए ।
खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ । प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले सुनाए ।
लेखक न्यौपानेको यो दशौँ कृति हो । यसअघि उनको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको किताब हो ।
उपन्यासको बजार मुल्य रु. ५२५ रहेको छ ।