काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल अध्यक्ष भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान बमोजिम ढकाल अध्यक्ष भएका हुन् ।
ढकालले बिहीबार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको सपथ पश्चात आफ्नो कार्यकाल सम्हालेका छन् ।
कार्यकाल सम्हाल्दै अध्यक्ष ढकालले आफूले लामो समयदेखि वरिष्ठ उपाध्यक्ष सर्वसम्मतिबाटै छनोट गर्ने प्रयास अन्तिममा सफल भएको बताए।
ढकालले अध्यक्षका रुपमा महासंघको छविलाई आगामी दिनमा अझ उचो बनाउने प्रतिबद्धता जनाए ।
महासंघको नव–निर्वाचित अध्यक्षका रुपमा अबको कार्यकालमा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको बताए ।