काठमाण्डौ । राप्रपामा अवसरवादको हाबी भएको भन्दै जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरी तथा सचिव विजयसिंह ठकुरीले पार्टी परित्यागको घोषणा गरेका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला उपाध्यक्ष र सचिवले पार्टी परित्यागको घोषणा गरेका हुन ।
दुबैजनाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
राप्रपामा रहेर समाजको हित नहुने र पवित्र उद्देश्यहरू पुरा नहुने, पार्टीमा चरम अवसरवाद मौलाएको र यो विषयले समाजको हित नहुने देखेपछि आफुहरु पार्टीबाट अलग भएको र पार्टी परित्यागको निर्णय लिएको उपाध्यक्ष ठकुरीले बताएका छन ।
पार्टी परित्यागबारे सामाजिक सञ्जाल मार्फत स्टाटस पोष्ट गर्दै सचिव विजयसिंहले ‘के पाए, के गुमाए, समयले देखाउला’ भन्दै अब स्वतन्त्र देशभक्त नागरिकको हैसियतले रहने बताएका छन् ।