कोशी प्रदेश । सुनसरिको इटहरी उपमहानगरपालिका- १३ स्थित खनारमा करेन्ट लागेर रामचन्द्रको मृत्यु भएको छ । 

सुनसरी बर्जू गाउँपालिका- २ का ४० वर्षीय रामचन्द्र राय बुधवार दिउँसो साढे १२ बजे खनार स्थित रहेको स्वस्तिक मैदा मिल बन्दै गरेको उद्योगमा फलामको भर्याग्ङ लगाई कलर लगाउने क्रममा अचानक बिजुलीको तार छुँदा रायलाई करेन्ट लागेको थियो ।

OM Sai Pathibhara Hospital

करेन्ट लागेर घाइते भएका रायलाई उपचारको लागि विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।