झापा  / कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले टिम घोषणा गरेको छ । 

इरानका मुख्य प्रशिक्षक कार्लोस क्विरोजले अनुभवी गोलरक्षक अलिरेजा बेभरान्भान्ड र डिफेन्डर सोजाओ खलिलजादेहलाई समेट्दै टिम घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

समूह ‘बी’ मा रहेको इरानले पहिलो खेल इंग्ल्यान्डविरुद्ध नोभेम्बर २१, वेल्सविरुद्ध २५ तथा अमेरिकाविरुद्ध २९ तारिखमा खेल्ने तालिका रहेको छ ।

यस्तो छ टिमः

गोलरक्षकः अलिरेजा अलिरेजा बेभरान्भान्ड, अमिर अबेमजादेह, पायाम नियाजमान्डहोसेन होसेनी

डिफेन्डरः मजिद होसेनी, मोहम्मद होसेन कानानिजादेगान, सोजाओ खलिलजादेह, मोर्तेजा पाउरालिगंजी, सादेघ मोहरामी, रामिन रेजायन, मिलाद मोहम्मदीअबोल्फाज्ल जलाली

मिडफिल्डरः साइद इजाटोलाही, एहसान हजसाफ, रौवेह चेस्मी, अहमद नौरोलाही, अली करिमी, समान घोडोसभाहिद अमिरी

फरवार्डः अलिरेजा जाहानबाख्स, अली घोलीजादेह, मेहदी तारेमी, मेहदी तोरावी, करिम अन्सारिफार्ड र सरदार अजमोन