एजेन्सी / नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि चार पटकको च्याम्पियन जर्मनीले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । जसमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग राष्ट्रिय टिममा नयाँ अनुहारका रुपमा छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै २०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि अनुभवी खेलाडीको रुपमा छन् ।

अनुभवी डिफेण्डर माट ह्युमल्स भने विश्वकप खेल्ने टोलीमा अटाएनन् । फरवार्ड टिमो वेर्नर भने चोटका कारण यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले नोभेम्बर २३ मा जापानसँग खेल्दै विश्वकप सुरु गर्नेछ ।

OM Sai Pathibhara Hospital

जर्मनीको टिम

गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप

डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओ रुडिगर, निको स्लोटरबेक, निकलस सुले

मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्के गुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने