काठमाडौं / टी २० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दोस्रो खेलमा आज र भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेलको विजेताले विश्वकप क्रिकेटको उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ ।

भारत सुपर १२ मा समूह २ को पहिलो स्थानमा हुँदै सेमिफाइनमा पुगेको थियो । इंग्ल्यान्ड भने समूह १ को दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको टोली हो । भारत र इङ्ग्ल्यान्डको खेल नेपाली समय अनुसार आज दिउसो पौने दुई बजे सुरु हुनेछ ।