एजेन्सी / स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २-१ अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलको नबौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १-१ को बराबरी गर्‍यो ।

८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पिएसजीले १४ खेलमा ३८ अङ्क जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अङ्क जोडेर पाँचौं स्थानमा छ ।