एजेन्सी / कतार विश्वकप २०२२ मा खेल सुरु हुनुअघि नै केही टिमको अनुपस्थितिले दर्शकलाई दुःखी बनाउनेछ । वर्तमान युरोपेली च्याम्पियन तथा चारपटकको विश्वकप विजेता इटाली यसपटक विश्वकपमा छनोट हुन सकेन । कतारमा इटाली बाहेक युरोप, दक्षिण अमेरिका र अफ्रिकाका अन्य केही ठूला टिम पनि सहभागी हुनेछैनन् । यहाँ नोभेम्बरमा कतारमा हुने विश्वकपमा सहभागी नहुने ६  टिम यस प्रकार छन् । 

इटाली 

OM Sai Pathibhara Hospital

वरीयता : ६

विश्वकपमा उत्कृष्ट प्रदर्शन 

विजेता ९१९३४, १९३८, १९८२ र २००६०

मार्चमा भएको प्लेअफ सेमिफाइनलमा नर्थ म्यासेडोनियाविरुद्ध पराजित भएपछि इटालीले कतार विश्वकपमा स्थान सुरक्षित गर्न सकेन । युरो २०२० को उपाधि विजेता इटाली प्लेअफमा पुग्न नसकेकोमा धेरैलाई पत्याउन गाह्रो परेको थियो । छनोटका सुरुका खेलमा राम्रो प्रदर्शन गरेको भए पनि इटालीले पछिका पाँच खेलमा राम्रो खेल्न सकेन । जस काणर , आफ्नो समूहमा विजेता बन्न सकेन । समूहमा दोस्रो भएपछि प्लेअफमा पुग्यो । त्यसमा पनि गोल गर्न नसकेपछि इटाली लगातार दोस्रोपटक विश्वकप बाहिरै बस्नुपरेको छ ।

कोलम्बिया 

वरीयता : १७

विश्वकपमा उत्कृष्ट प्रदर्शन स्  

क्वार्टरफाइनल ९२०१४०

पूर्वविश्वकप गोल्डेन बुट विजेता जेम्स रोड्रिग्वेज, लुइस डियाजलगायत स्टार खेलाडी सम्मिलित कोलम्बिया प्रतियोगिताका लागि छनोट हुने अनुमान लगाइएको थियो । किनकि, विश्वकपका पछिल्ला दुई संस्करणमा उसको प्रदर्शन निकै राम्रो थियो । 

तर, दक्षिण अमेरिकी क्षेत्रको क्वालिफायरमा कोलम्बिया छैटौँ स्थानमै सीमित रह्यो । शीर्ष चार टोली स्वतः छनोट भए । कोलम्बिया बाहिरिएपछि रोड्रिग्वेजले आफ्नो निराशा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले आफ्नो टिम विश्वकपमा छनोट हुन नसक्दा ‘गहिरो चोट परेकोे’ बताएका छन् । 

स्विडेन

वरीयता : २५

विश्वकपमा उत्कृष्ट प्रदर्शन स् उपविजेता ९१९५८०

हालसम्म भएका २१ वटा विश्वकपमध्ये स्विडेन १२ वटामा सहभागी भएको छ । यो देशले सन् १९५८ मा प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष यो टिम फाइनलमा ब्राजिलसँग पराजित भएको थियो । गत वर्ष सम्पन्न क्वालिफायरको दोस्रो लेगमा ५ खेलमध्ये तीन खेल हारेपछि स्विडेनको कतार यात्रा धर्मराएको थियो । उनीहरू स्पेनभन्दा पछि पर्दै समूहमा दोस्रो स्थानमा रहे । त्यसपछि प्लेअफमा पोल्यान्डसँग भिडे । जहाँ पोल्यान्डले स्विडेनलाई २–० ले हरायो । 

चिली

वरीयता : २९

विश्वकपमा उत्कृष्ट प्रदर्शन : तेस्रो स्थान ९१९६२०

सन् १९३० को पहिलो संस्करणदेखि नै चिलीले विश्वकपमा सहभागिता जनाउँदै आएको छ  । सन् १९६२ मा प्रतियोगिता आयोजना गरी तेस्रो स्थानमा रह्यो । पछिल्ला संस्करणहरू १९९८, २०१० र २०१४ मा चिली राउन्ड अफ १६ मा पुगेको थियो  । आर्टुरो भिडाल, ग्यारी मेडेल र एलेक्सिस सान्चेजजस्ता खेलाडीले चिलीलाई एउटा उत्कृष्ट टोलीका रूपमा स्थापित गरेका थिए । तर, पछिल्लो समय यी खेलाडीहरूको कमजो र फर्मका कारण चिलीको प्रदर्शन राम्रो रहेन । उनीहरूले कतार २०२२ का लागि अन्तिम चार छनोट खेलमध्ये एउटा मात्र जितेका थिए । 

नाइजेरिया

वरीयता : ३२

विश्वकपमा उत्कृष्ट प्रदर्शन

राउन्ड अफ १६ ९१९९४, १९९८, २०१४०

नाइजेरियाले सन् १९९४ को विश्वकपमा डेब्यु गरेको थियो । उनीहरूको आक्रमण शैली बेजोड थियो  । गोल गरेपछिको मनोरञ्जनात्मक रूपमा उत्सव मनाउने शैलीका कारण पनि फ्यानहरूमाझ नाइजेरियाका खेलाडी तुरुन्तै हिट भए  । त्यस वर्ष नाइजेरिया समूहको शीर्ष स्थानमा रहेको थियो  । तर, राउन्ड अफ १६ मा रोबर्टो ब्यागियोको नेतृत्वमा रहेको इटालीसँग हारेर फर्कियो । त्यसयता, सुपर इगल्स भनेर चिनिने नाइजेरिया फुटबल टिमले सन् २००६ को विश्वकपबाहेक अन्य संस्करणमा सहभागिता जनाएको थियो । तर, यसपटक घानाविरुद्ध प्लेअफमा पराजित भएकाले कतार विश्वकप खेल्ने सपना पूरा भएन  । 

इजिप्ट

वरीयता : ३९

विश्वकपमा उत्कृष्ट प्रदर्शन 

समूह चरण ९१९३४, १९९०, २०१८०

छनोटका लागि भएको सेनेगलविरुद्धको प्लेअफमा स्टार मोहम्मद सलाहसहित अन्य दुई खेलाडी पेनाल्टीमा चुक्दा इजिप्ट विश्वकप बाहिरै रह्यो  । विश्वकपमा इजिप्टको इतिहास पनि सम्झनलायक छैन । तीनपटक विश्वकपमा प्रतिस्पर्धा गरे पनि उसले कहिल्यै दोस्रो चरणमा स्थान बनाउन सकेन  । २०१८ को संस्करणमा पनि स्टार खेलाडी मोहम्मद सलाह काँधको चोटका कारण फिट थिएनन्  ।