झापा / बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाण्डु जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि पहिलो पटक सात दिनका लागि र दोस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले उनलाई थप हिरासतमा राख्न बुधबार तेस्रोपटक अदालतसँग अनुमति मागेको थियो ।

OM Sai Pathibhara Hospital

यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत भदौ ५ गते नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।