पोखरा  / पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् ।

यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थारुले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । 

OM Sai Pathibhara Hospital

जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी छन् ।

आइतबार भएको खेलमा जयरानीले ४०० मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरेर कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

यस्तै, १ मिनेट ०६.०६ मा पूरा गरेकी एपीएफकी भागिरथी कुमारी थारुले रजत पदक जितिन् भने एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६।५१ सकेन्ड खर्चंदै कास्य पदक जितेकी छन् ।