पोखरा / पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका एक खेलाडीको मृत्यु भएको छ । 

प्याराग्लाइडिङ गर्दागर्दै अनियन्त्रित भई करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ अनियन्त्रित भइ उडेको ५ मिनेटमै आकाशबाट जमिनमा खसेको थियो । 

ग्लाइडर दुर्घटनामा परेपछि उनलाई सराङकोटबाट तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा १२ बजेर ४५ मिनेटमा उनलाई मृत घोषित गरेका हुन् ।