काठमाडौं / १७ वर्षीया नाबालिग किशोरी बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । पहिलो पटक ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो भने बिहीबार ५ दिन  थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

OM Sai Pathibhara Hospital

अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । तर, ५ दिन म्याद थप गरी अनुन्सन्धान गर्न अदालतले अनुमति दिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । क्रिकेटर  लामिछानेलाई गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी प्रहरी वृत्त गौशालाबाट  अनुसन्धान भइरहेको छ ।