काठमाडौं / १७ वर्षीय नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो । सात दिन सकिएसँगै प्रहरीले उनलाई  म्याद थपका लागि आज अदालत उपस्थित गराउन लागेको हो । असोज २४ गते जिल्ला अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी गरेका थिए ।