एजेन्सी / क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ । उनलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा क्रिकेटसँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो । उनीमाथि अप्रिल २०१९ मा जिम्बाब्वेविरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी २० प्रतियोगितामा नियम उल्लङ्घन गरेको आरोप छ ।

उनलाई त्यसअघि पनि आईसीसीले २०१८ मा युएईको आज्मानमा भएको क्रिकेट प्रतियोगितामा अनैतिक काम गरेको ठहर गरिएको थियो । ‘हामीले पहिलो पटक २०१८ मा गल्ती ठहर गरि उनलाई चेतावनी दिएका थियौं । त्यसपछि पनि त्यस्तै कार्यमा आवद्ध भई खेललाई खराब गर्ने काम गरेका कारण हामीले उनलाई लामो प्रतिबन्ध लगाएका हौं’, आइसीसीले भनेको छ ।

OM Sai Pathibhara Hospital