काठमाडौं / १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइँदै छ । चार दिनअघि पक्राउ परेपनि सार्वजनिक बिदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन । दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो ।






































