झापा / राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि उनी पक्राउ परेका हुन् । 

सीपीएल खेलका लागि जमैका पुगेका लामिछानेले बलात्कार गरेको उजुरी परेको थियो । कतार हुँदै नेपाल फर्कने क्रममा आज (बिहीबार) बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएको हो ।

OM Sai Pathibhara Hospital

अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर लामिछानेलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ । लामिछानेले हतकडी नलगाई लैजान आग्रह गरेको थियो । तर, प्रहरीले भने उनको आग्रहलाई अस्वीकार गर्दै हतकडी लगाएको थियो ।

प्रहरीले उनलाई गौशाला वृतमा लगेको छ । उनलाई त्यही राखेर अनुसन्धान अघि बढाइनेछ । पीडित किशोरीले उनिविरुद्ध गौशाल वृतमा नै उजुरी दिएकी थिइन । दुवैबीच सामाजिक सञ्जाल स्न्यापच्याटबाट कुराकानी हुने गरेको थियो ।