बिर्तामोड  / नेविसंघ झापाद्वारा सञ्चालित दुई दिवसीय अन्तर क्याम्पस फुटबल खेलको उपाधि  बिर्तामोडस्थित ईन्द्रचन्द्र क्याम्पसले हात पारेको छ । यो सँगै उक्त क्याम्पसले नगद १६ हजारसहित  ट्रफी मेडल, र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा  बिर्तामोडकै कन्काई आदर्श क्याम्पस द्वितीय भएको छ । कन्काईले नगद ११ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।  अन्तर क्याम्पस खेलमा १५ वटा टिम सहभागी थिए । खेलको उद्घाटन कार्यक्रम नेविसङ्घ झापाका सभापति राजेन्द्र उप्रेतीको सभापतित्व एवं पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य केशव कुमार बुढाथोकीको प्रमुख आतिथ्य र   जिल्ला सचिव कृष्ण हुमागाईँको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा नेविसंघ झापाका सचिव पोषराज कटुवाल, प्रवक्ता सञ्जय निरौला ,जिल्ला सदस्य सञ्जय राई ,एलेक्स मैनाली ,गोमेन्द्र क्याम्पस इकाई सभापति आयुष्मा प्रसाईं, त्रिदेव इकाई सभापति सौरभ बस्नेतले मन्तव्य राखेका थिए ।  यसैगरी समापन कार्यक्रम   भोजराज सिटौलाको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सन्चार विभाग प्रमुख गोकुल पौडेल र सचिव पोषराज कटुवालले गरेका थिए ।