विराटनगर / मोरङमा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा जहदा गाउँपालिका – ३ मा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा मोरङ जिल्लाको ८ वटा टिमको सहभागिता हुने बताएको छ । आयोजकका अनुसार प्रतियोगितामा पशुपति युवा क्लब दादरबैरिया, हात्तीबन्धा युवा क्लब भाथिगछ, लालीगुँरास स्पोर्टिङ्ग क्लब रानी विराटनगर, रानी युवा क्लब मिल्स एरिया, लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा -३, लक्ष्मीनियाँ युवा क्लब, महराजी युवा क्लब बैरिया भीमपुर र स्मार्ट जहदा समाज जहदाको सहभागीता रहने छ ।

जीवन विकास मुख्य प्रयोजक रहेको प्रतियोगिताको शनिबार उद्धाटन हुने बताइएको छ । उद्घाटन खेलमा पशुपति युवा क्लब र हातिबन्धा युवा क्लबबीच प्रतिस्पर्धा हुने लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवणकुमार राजवंशीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार र द्धितिय हुने टिमले नगद ५१ हजार रुपैयाँ पाउने छ  । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई  पनि पुरस्कृत गरिने छ ।