झापा / इटालियन क्लब युभेन्ट्सबाट खेल्ने अर्जेन्टाइन विंगर एंगेल डी मारियाामाथि दुई खेलको प्रतिबन्ध लगाएको छ । इटालियन सिरी ए लिगले उनीमाथि दुई खेल प्रतिबन्ध लगाएको हो ।

दुई दिनअघि सिरी एमा युभेन्टसले मोन्जासँग अवे मैदानमा खेल्दा विपक्षी खेलाडीलाई कुइनाले हानेपछि डी मारियाले रातो कार्ड खाएका थिए । समान्यतया, रातो कार्ड खाएपछि खेलाडीमाथि स्वतः एक खेल प्रतिबन्ध लाग्छ ।

OM Sai Pathibhara Hospital

यद्यपि, सिरी एले जानाजान विपक्षी खेलाडीमाथि हात हालेको निष्कर्ष निकाल्दै डी मारिया माथि थप एक खेल प्रतिबन्ध लगाएको हो ।होण्डुरसजमैकासँगका दुई मैत्रीपूर्ण खेलका लागि डी मारिया यतिबेला अमेरिकाका छन् । उनले अर्जेन्टिनाबाट भने खेल्न पाउँछन् ।