बिर्तामोड / नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना सङ्कमित थपिएका छन् । मन्त्रालयका अनुसार तीन हजार ९८१ जनाको आरटी पीसीआरएन्टिजेन परीक्षण गर्दा ३९१ जनामा कोरोना पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

जसमा दुई हजार ५६२ जनाको आरटी पिसिआर गर्दा ३४० जनामा र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् मृत्युदर शून्य रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसैगरी, नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।