बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७१८ जनाको नमूना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

जसमध्ये एक हजार ६४४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १६१ मा र दुई हजार ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

आज ४८ जना कोरोना मुक्त भएका छन् भने हाल सक्रिय सङ्क्रमितको संख्या १२८४ रहेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ८७ हजार ९७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।