विराटनगर / पछिल्लो समय कोरोना संक्रमण दर उच्च हुँदै जादा मोरङ कारागारमा कोरोनाको जोखिम बढेको छ । 

विराटनगर महानगरपालिका –८, हाटखोलास्थित कारागारका १९ कैदीबन्दीमा कोरोनाको लक्षण देखिएपछि एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।

OM Sai Pathibhara Hospital

उनीहरूको कोसी अस्पतालमा उपचार भइरहेको थियो । जसमध्ये कोरोना संक्रमित एक जना कैदीबन्दीको बिहीबार रति उपचारको क्रममा मृत्यु भएको छ । कोसी अस्पतालका अनुसार सुन्दरहरैँचा नगरपालिका –४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो । 

कोरोना संक्रमण पुष्टि भएका अन्य कैदीबन्दीलाई कोभिड अस्पतालमा सार्ने तयारी भइरहको मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले जानकारी दिए । 

अस्पताल र कारागारको स्थलगत अनुगमनमा रहेका दाहालका अनुसार कारागारका सबै कैदीबन्दीको ज्वरो परीक्षण गरेर शंकास्पदलाई आइसोलेट गर्ने तयारी भइरहेको छ । यसअघि यहाँका सबै कैदीबन्दीलाई कोभिडको दोहोरो भ्याक्सिन लगाइएको थियो ।

उनका अनुसार कोभिड संक्रमण देखा पर्न थालेपछि सबै सीमा र नाकामा स्वास्थ्य परीक्षण सुरु गरेर स्थानीय निकायलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन र कोभिड परीक्षणको प्रक्रिया थाल्न आग्रह गरिएको छ । उनले कोभिड सङ्क्रमितको उपचारका लागि सबै आइसोलेसनलाई पुनः प्रयोगमा ल्याउने तयारी गरेका छन् ।