बिर्तामोड  / पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

योसँगै कुल सक्रिय सङ्क्रमितको संख्या एक १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।